बेनी-जोमसोम सडक भासियो

बेनी-जोमसोम सडक भासियो

जोमसोम : निर्माण कन्ट्रक्सनको ढिलासुस्तीका कारण मुस्ताङको बेनी-जोमसोम मुख्य राजमार्ग सडक भाँसिएको छ। मनसुन सुरु हुन लाग्दा पुलको फाउन्डेसन स्टक्चर निर्माणको काम गर्दा अहिले कालीगण्डकी नदीको बाढीले पुरै क्षति बनाइसकेको छ। 

नदीको बहाव उच्च भएका कारण फाउन्डेसन निर्माणको काम अहिले रोकिएको छ। तर, पुलको संरचना निर्माणको काम रोकिए पनि निर्माण कम्पनीले मुख्य राजमार्ग सडकलाई पूर्ववत अवस्थामा राखेर छाड्नुपर्नेमा यथास्थितिमा राखेर छोड्दा त्यहाँको मुख्य सडकमा क्षति भएको हो।

त्यहाँ सडक जोगाउन निर्माण कम्पनीले कुनै कार्य गरेको छैन। यसैका कारण बेनी-जोमसोम सडक अन्तर्गत त्यहाँ सडक सुरक्षा जोखिम बढेको हो। पुल निर्माण कम्पनीले पश्चिमतर्फको फाउन्डेसन बिमको संरचना निर्माण गर्ने क्रममा मुख्य राजमार्ग सडक कटिङ गरेर त्यसै अलपत्र छाडेपछि सो स्थानको बेनी-जोमसोम करिब ५० मिटर सडकमा क्षति भएको छ। 

२०७६ साल फागुन २९ गते ठेक्का सम्झौता भएको मुस्ताङको थासाङ गाउँपालिका २,३ र ५ वडा जोड्ने (लेते धम्पु) पुलको ५ करोड ५ लाख लागतमा देव एण्ड सायर कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। ३५ मिटर लामो पुल निर्माणको अख्तियारी पूर्वाधार विकास कार्यालयले लिएको छ। पुलको पछिल्लो म्याद थप २०७९ चैत्र २८ गते भएको थियो। त्यसपछि पुलको म्याद पटकपटक थपिँदै पछिल्लो भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.