मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउनुपर्छ : गर्भनर अधिकारी

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउनुपर्छ : गर्भनर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन्। 

मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले मुद्रास्फीति माथि हुँदा मौद्रिक नीति टाइट हुनु स्वभाविक रहेको भन्दै मौद्रिक नीति लचिलो आउने अनुमान नगर्न सुझाव समेत दिए। 

उनले तथ्यांकको मूल्यांकन गर्दै मौद्रिक नीति ल्याउने तयारी भइरहेको जिकिर गरे। बजारबाट दिएको ऋणको समस्यालाई सरलीकृत गर्नका लागि राष्ट्र बैंकतर्फ बढी आशातीत भएको देखिए पनि राष्ट्र बैंकका आफ्नै सीमितता रहेको उनले बताए।

गभर्नर अधिकारीले विरोधका लागि विरोध नभई निजी क्षेत्रका वास्तविक समस्याहरू आए समाधान गर्न केन्द्रीय बैंक तयार रहेको धारणा राखे। 

उनले बैंकमा ऋण लिँदा कमिसन लिने गरेको प्रश्न उठेको भन्दै यो ठूलो बैंकिङ अपराध भएकाले प्रमाणसहित ल्याउन आग्रह गरे। विना प्रमाणका आधारमा सार्वजनिक मञ्चमा आरोप लगाएर केही नहुने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.