बेनीको कालीपुलमा बाढी पस्यो, ६ वटा पसलमा क्षति

बेनीको कालीपुलमा बाढी पस्यो, ६ वटा पसलमा क्षति

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो। 

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पुर्‍याएको जानकारी दिए। ३५/३५ लाख लाख रुपैयाँ मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र चाँदनी अटो मोबाइल्स भित्र बाढी पसेको सञ्चालकले बताएका छन्। 

यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजेश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताए। ४ वटा पसलमा ३० लाख रुपैयाँ मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ। 

शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताए। बाढीका कारण म्याग्दी भित्रने र बाहिरिने प्रमुख कालीपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवतजावत गर्न समस्या भएको थियो। 

बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीहरूले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन्। बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.