स्थानीय सरकारको नीति तथा कार्यक्रम : मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

स्थानीय सरकारको नीति तथा कार्यक्रम : मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गाँउपालिकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम  ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए। 

अध्यक्ष प्रख्यातद्वार प्रस्तुत नीति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जन युद्धका सहिद तथा बेपत्ता परिवारलाई मासिक निर्वाह भत्तादेखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य बिमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ।

‘सहिद तथा बेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता दिइने छ। गणतन्त्र सेनानी पूर्वजनमुक्ति सेनालाई सम्मान र आजीवन स्वास्थ्य बिमाको कार्यक्रम लागू गरिने छ। नागरिकलाई स्थानीय सरकार प्रति अपनत्व बोध गराउन हामीले यस्ता कार्यक्रमहरू ल्याएका हौं,’ अध्यक्ष मोक्तानले भने।

यस अघि एकल पुरुष भत्ता वितरण, गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा निःशुल्क स्वास्थ्य बीमा,  छोरी जन्माउनेलाई प्रोत्साहन, स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलालाई प्रोत्साहन गर्ने जस्ता कार्यक्रम गर्दै आएको पालिकाले आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने घोषणा गरेको छ। 

आवासीय छात्रावास कार्यक्रम, अनाथ, असहाय एवं द्वन्द्वपीडित छात्रवृत्ति लगायत गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई अघि सारिएको छ।
गौरीशंकर मावि जयमंगलाई सहिद शेरमान कुँवर स्मृति मावि नामाकरण गर्नुका साथै माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग करेसाबारी कार्यक्रम संचालन गर्ने बताइएको छ।

कृषि उत्पादनलाई वृद्धि गर्न  सवसिटी अनुदानको व्यवस्था गर्ने जनाइएको छ। यस्तै जैविक विविधता संरक्षण, वृक्षारोपण, हरित उद्यान, नर्सरी स्थापना तथा जैविक फलफूल खेती प्रवर्द्धन, नवीकरणीय उर्जा प्रविधिहरु प्रवर्द्धन, वन तथा वतावरण संरक्षण, लगायतका जलवायु अनुकूलन तथा समुत्थानका कार्यक्रमहरू संचालन गरिने छ। 

कुल ६३ करोड ८० लाख ६३ हजार ८० सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको मरिण गाउँपालिकाले सव बाहन र बारुण यन्त्रको व्यवस्थापन गर्ने समेत उल्लेख गरेको छ।

गाउँपालिकाले पर्यटनलाई बहुआयामिक पक्षहरुसँग जोडी एक वडा एक पर्यटन क्षेत्र निर्माणमा विशेष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। सडक, खानेपानी, सिंचाई लगायतका पूर्वाधार विकासमा समेत उत्तिकै योजना र बजेट व्यवस्थापन गरिएको अध्यक्ष मोक्तानको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.