मुस्ताङका मुख्य सडक र गुम्बामा सीसीटीभी जडान

मुस्ताङका मुख्य सडक र गुम्बामा सीसीटीभी जडान

जोमसोम : मुस्ताङका मुख्य सडक तथा धार्मिक गुम्बामा सीसीटीभी जडान गर्न थालिएको छ। सुरक्षाका हिसाबले संवेदनशील मानिएका मुख्य राजमार्ग सडक तथा गुम्बाहरू सुरक्षा सजगता अपनाउन मुस्ताङका स्थानीय तहहरूले सीसीटीभी जडान कार्यलाई प्राथमिकता दिएका हुन्।

चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसारको बजेटले मुस्ताङका ३ गाउँपालिकाले मुख्य सडक तथा गुम्बामा सीसीटीभी जडान गरेका हुन्। मुस्ताङको थासाङ गाउँपालिकाले चालु वर्ष ४ स्थानमा सीसीटीभी जडान कार्यलाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले जानकारी दिए। थासाङले टुकुचे, कोवाङ, लेते र घाँसामा सीसीटीभी जडान गर्ने कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ।

थासाङ गाउँपालिकाले घाँसा,लेते  र कोवाङको मुख्य सडकमा सीसीटीभी जडानका लागि ५ लाख टुकुचेका लागि ८ लाख बजेट विनियोजन गरेको थियो। टुकुचे गाउँको सडक तथा गल्लीमा सीसीटीभी जडान गर्न ८ लाख बजेट विनियोजन गरेको थियो। टुकुचेमा सडकमार्गसँगै गाउँभित्रका गल्लीहरूमा सीसीटीभी जडान भइरहेको र त्यसपछि अन्य स्थानमा सीसीटीभी जडान हुने  प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ। 

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पनि मराङ गुम्बा र चराङ गुम्बासहित पालिकाको केन्द्र चराङको मुख्य सडकमा सीसीटीभी जडान गरेको प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारीले जानकारी दिए। लोघेकरको धार्मिक महत्व बोकेको विश्वकै पुरानो दावी गरिएको मराङस्थित घर गुम्बामा ३ वटा र चराङमा अवस्थित ऐतिहासिक चराङ गुम्बामा ४ वटा सीसीटीभी सुरक्षा निगरानीका लागि जडान गरिसकेको प्रशासकीय अधिकृत भण्डारीले बताए।

लोघेकरको मुख्य सडकमा ८ वटा र गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सुरक्षा निगरानीका लागि ४ वटा सीसीटीभी जडान भएको उनले जनाए। सीसीटीभी जडानका लागि सुरक्षा संवेदनशीलताको महसुस गर्दै पालिकाले चालु वर्ष ७ लाख बजेट विनियोजन गरेको थियो। गाउँपालिकाले  ४ स्थानमा कुल १९ वटा सीसीटीभी जडान गरेको हो। 

यसैगरी लोमान्थाङ गाउँपालिकाले गतवर्ष पर्खालले घेरिएको ऐतिहासिक माटोको सहर लोमान्थाङ गाउँभित्र ५ लाख बजेट खर्चिएर ८ वटा सीसीटीभी जडान गरेको थियो। चालु वर्ष लोमान्थाङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको सुरक्षा निगरानीका लागि १ लाख बजेट खर्चिएर ४ वटा सीसीटीभी जडान गरेका प्रशासन प्रमुख विकास केशीले बताए।

मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि २ वर्षअघि पुथाङ एअरपोर्ट र जोमसोम बजार क्षेत्रमा सीसीटीभी जडान गरेको थियो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रसिद्ध धार्मिक मुक्तिनाथ स्थित रानीपौवा बजार क्षेत्र र बसपार्क आसपास सीसीटीभी जडान गरिसकेको छ।

 प्रमाण संकलन तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन मुस्ताङका स्थानीय तहले जडान गरेको सीसीटीभी सम्बन्धित स्थानका प्रहरी इकाईको अधिनमा रहने मुस्ताङका प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेयले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.