मुस्ताङमा आत्महत्या दुरुत्साहन अभियोगमा युवक पक्राउ

मुस्ताङमा आत्महत्या दुरुत्साहन अभियोगमा युवक पक्राउ

जोमसोम : मुस्ताङमा  आत्महत्या दुरुत्साहन अभियोगमा एक युवक पक्राउ परेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिका-५  ठिनीका २४ वर्षीय युवक रोहन बिकलाई आत्महत्या दुरुत्साहन अभियोगमा मुस्ताङ प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ पुराङ रानीपौवाका २२ वर्षीय एक युवतीले बुधबार साँझ डोरीले पासो लगाएर झुन्डिएर आत्म हत्या गरेकी थिइन्।  घटना सम्बन्धमा स्थानीयले  जिल्ला प्रहरी कार्यालय मुस्ताङ लाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयको नेतृत्वको प्रहरी टोली बुधबार साँझ पौने ८ बजे घटनास्थलमा पुगेको थियो। घटना स्थलमा पुगेका प्रहरी टोलीले घटनास्थलबाट युवतीको शव साही साँझ पोष्टमार्टमका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याएको थियो।

युवती आत्महत्या दुरुत्साहन अभियोगमा पीडित पक्षबाट बिहीबार  जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जाहेरी परेको  र घटना सम्वन्धमा एक व्यक्ति पक्राउ परेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। पीडित पक्षले दिएको उजुरीका आधारमा अभियोग लागेका युवकलाई आवश्यक अनुसन्धान कार्य अघि बढाउनका लागि जिल्ल अदालत मुस्ताङमा  ८ दिनेको म्याद थप भएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जनाए।

मुस्ताङमा आत्महत्या दुरुत्साहन अभियोगको यो नै पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। अभियोगमा पक्राउ परेका युवक र आत्महत्या गर्न पुगेकी युवती बीच के कस्तो सम्बन्ध थियो र कसरी आत्महत्या दुरुत्साहनको अभियोगमा जाहेरी परेको भन्ने विषयलाई प्रहरीले  अनुसन्धानमा असर पर्ने भएकाले गोप्य राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.