मृगौला पीडित भन्छन् : हाम्रो बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस्
धरान : सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरका ५४ वर्षीय प्रेम पराजुलीले मृर्गौला पीडितहरुले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। डेढ वर्षदेखि दुबै मृगौला रोगले थलिएका उनी बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा डाइलासिस गराइरहेका छन्।
पराजुलीको उपचारमा संलग्न प्रतिष्ठानका मिर्गौला रोग विशेषज्ञ प्रा.डा संजीवकुमार शर्माले उनको मृर्गौला प्रत्यारोपन गर्नुको विकल्प नभएको सुझाव दिए। त्यस पश्चात् पराजुलीलाई उनकै छोराहरू विपिन र प्रवीणले मृर्गौला दिन तयार भए।
तर दुबै छोराको मृर्गौला प्रत्यारोपन गर्न नमिल्ने भएपछि पराजुलीलाई मृर्गौला प्रत्यारोपन गर्न कानुनी बाधा देखा परेको छ। नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर पराजुलीले भने मृर्गौला प्रत्यारोपन गर्न नपाएर सरकारले आफ्नो बाँच्न पाउने अधिकार हनन गरेको आरोप लगाएका छन्। संविधानमा आफ्नो घर परिवारको भन्दा अरुको मृर्गौला प्रत्यारोपण गर्न प्रतिबन्ध लगाइएको छ। जसका कराण पराजुलीले मृर्गौला प्रत्यारोपण गर्न पाएका छैनन्।
उनको दुबै मिर्गौलामा खराबी आएका खबर पाएका आफन्त र साथीभाइहरु मृर्गौला दिन तयार भइसकेका छन्। तर, उनको मृर्गौला प्रत्यारोपण गर्न कानुनी अवरोध भएपछि पराजुलीले सरकारलाई मृर्गौला प्रत्यारोपण सम्बन्धी कानुन संशोधन गर्न माग गरेका छन्। उनले मृर्गौला पीडितहरूको मागलाई सरकारले सम्बोधन नगरे संविधान संशोधनको लागि पहल गरिदिन मानवअधिकारीकर्मी तथा अभिवक्ताहरूलाई आग्रह गरेका छन्। सरकारले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने अर्को तर्फ मृर्गौला प्रत्यारोपण सम्बन्धी प्रतिबन्ध लगाएर बाँच्न पाउने अधिकार हनन गरेको पराजुलीको आरोप छ।
प्रा.डा शर्माले संविधानले नै घरपरिवारको भन्दा अन्यको मृर्गौला मिले पनि प्रत्यारोपन गर्न नमिल्ने व्यवस्था गरेकाले मृर्गौला पीडितहरूको बाँच्न पाउने अधिकार खोसिएको बताए। उनले यो व्यवस्थालाई संशोधन गरि मृर्गौला पीडितहरूको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गराउन सरकारलाई सुझाव दिएका छन्। 'यो व्यवस्थाले मृर्गौला पीडितहरूको बाँच्न पानउने अधिकार मात्र खोसिएको छैन', डा. शर्माले भने, 'महिनौदिनसम्म उपचार गरेका चिकित्सकहरू एउटा विरामीले अकालमा ज्यान गुमाएको देख्नु पर्दा निराश बन्न बाध्य हुनु परेको छ।'
२०७२ मा बनेको संविधानमा नयाँ प्रत्यारोपण ऐन २०७२ अनुसार मानव अंग प्रत्यारोपण सम्बन्धी नयाँ व्यवस्था गरेको छ। जसमा नजिकको नातेदार भन्नाले अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा छोरी, धर्मपत्रु धर्मपुत्री, बाबु, आमा, सौतेनी बाबु आमा, बाचे बजै, नातिनी, ज्वाइ, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, भतिजी लगायत तीनपुस्ते भित्रको नाता सम्बन्ध भएको व्यक्तिले मात्र पीडितलाई मृगौला दिन पाइने व्यवस्था गरेको छ।
पूर्व मन्त्री मीन विश्वकर्माले मृगौला दान गर्ने अंगदाता, अंग दाताको परिवार र अंग दान लिने व्यक्तिको अपासी सहमतिमा मृर्गौला प्रत्यारोपणको व्यवस्था गर्न माग गरेका छन्। उनले संविधानको मौलिक हक अनुसार सबै नागरिकलाई बाँच्न पाउने व्यवस्था गर्न र मृर्गौला प्रत्यारोपणको दुरुपयोग रोक्ने छुट्टै व्यवस्था भए मृगौला पीडितहरूलाई प्रत्यारोपमा सहज हुने उनको भनाइ छ।
मृर्गौला पीडित धरानका प्रेमप्रसाद पराजुली आफ्नो गुनासो पोख्दै। तस्बिर : रत्नप्रसाद आचार्य।