महिला उद्यमी सम्मेलन

महिला उद्यमी सम्मेलन

नुवाकोट : सहभागीलाई उद्यमी बन्न अभिप्रेरित गर्दै महिला उद्यमी सम्मेलन २०८१ नुवाकोटमा सम्पन्न भएको छ। उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे विदुरमा सम्पन्न सम्मेलनमा उपस्थित महिला उद्यमीले सरोकारवालालाई ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा जिल्ला उद्यमी संघ नुवाकोटको अध्यक्ष गीता अमात्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी नुवाकोटका महिला उद्यमीले काम गरिरहेको बताइन्। उनले नुवाकोटको विभिन्न स्थानमा उत्पादित तरबुजा, मेवाले उत्पादन बढाउँदै गर्दा भारतबाट आयात गर्नु नपरेको बताइन्। 

उनले नेपालको बजारमा नुवाकोटको उत्पादन जाँदा सकारात्मक सन्देश गएको बताइन्। थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत र साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला उद्यमी तथा लघु, घरेलु तथा साना उद्योगबाट ठूलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औंल्याएका छन्।

महिला उद्यमी महासंघ नेपालको आयोजनामा भएको कार्यक्रमको नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले उद्घाटन गरे। उनले नेपालमा धेरै महिला उद्यमीहरू रहेको भन्दै खुसी व्यक्त गरे। 

उनले नेपालमा रहेका महिला उद्यमीहरूको सशक्तीकरण र आर्थिक समृद्धिको प्रवर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राखे। राजदूत हसमीले महिला उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आवश्यक रहेको र त्यसका लागि सहुलियतपूर्ण कर्जा अनुभव आदानप्रदान गर्नुपर्ने बताए। 

उनले पाकिस्तान र नेपालमा रहेका महिला उद्यमीहरूबीच सहकार्य गरेर अघि बढाउन आफू तयार रहेको बताए। कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल (एफविन) की अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी महासंघले वकालत, व्यवसाय विकास, क्षमता अभिवृद्धि र नेटवर्किङको क्षेत्रमा काम गरिरहेको बताइन्।

उनले महिला उद्यमीको विकास र विस्तारका लागि तथा उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन महिला उद्यमी महासंघले काम गरिरहेको बताइन्। ज्ञवालीले आन्तरिक उद्यमशीलता नै देशको आर्थिक विकासको पाटो रहेको समेत उल्लेख गरिन्। कार्यक्रममा महिला उद्यमी महासंघ नेपालकी तृतीय उपाध्यक्ष बसन्ती प्रधानले महिला उद्यमी संघ ६७ जिल्लामा फैलिएको बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.