झोलुङगे पुलले तानेको भीड


दाङ : दुई महिना अघिसम्म सुनसान थियो तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुर क्षेत्र। तुलसीपुर बजारदेखि केहि टाढा भएको त्यस क्षेत्रमा मान्छेको त्यति साह्रो भीड हुँदैन थियो। गाउँघरकै मानिस मात्रै आउजाउ गर्थे। 

मोतिपुरदेखि गोल्टाकुरी जाँदै गरेका एक जना व्यक्तिले दुई महिना अघि पुलमा टिकटक बनाएर हालेपछि बबई नदीमा बनेको मोतिपुरको झोलुङ्गे पुल अहिले भाइरल भएको छ। 

अहिले मोतिपुर क्षेत्रमा मान्छेको भीड थामिनसक्नु भएको छ। त्यसको एउटा मात्रै कारण हो तुलसीपुर उपमहानगरपालिका ११ र दंगीशरण गाउँपालिका २ गोल्टाकुरी जोड्नलाई बबई नदीमा बनेको झोलुङगे पुल। 

बबई नदीमा बनेको पुलले तीन वर्षसम्म वारवार गर्ने मात्रै काम गरेको थियो। अहिले एकाएक भाइरल भए पछि स्थानीय खुसी देखिएका छन्। स्थानीय व्यापार व्यवसाय पनि वृद्धि भएको स्थानीय बताउँछन्। 

२०७८ साल फागुनमा निर्माण सम्पन्न भएको यो पुल तीन वर्षपछि भाइरल भएको छ। दैनिक ४/५ सयदेखि दुई हजार जनासम्म आन्तरिक पर्यटक पुल हेर्न आउँछन्। 

'पहिले आवात जावतका लागि मात्रै पुल प्रयोग हुँदै आएको थियो। अहिले पर्यटकीय स्थल नै बनेको छ', स्थानीय लिलाध्वज बस्नेत भन्छन्, 'दुई महिना अघि र अहिले हेर्दा त हामी नै चकित छौं।  पुल बनेको २/३ वर्ष भइसक्यो अहिले आएर भाइर भयो।'

उनका अनुसार सामान्य अवस्थामा ४ सय र बिदाको दिनमा २ हजारसम्म मान्छे आउने गरेका छन्। पुलका कारण अहिले मोतिपुर क्षेत्र पर्यटकीय स्थलको रुपमा विकास भएको छ। यसको संरक्षण र व्यवस्थापनका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउँछन्। 
 
झोलुङगे पुल हेर्न र रमाउन आएकाहरुले पनि पुल क्षेत्रको मनोरम दुष्य देखेर लोभिने गरेका छन्। विशेष गरेर दिउँसो भन्दा साँझको समयमा पुल हेर्न र रछानेहरूको संख्या अत्यधिक रहेको छ। बबइ नदिको फाँट, त्यसका झोलुङगे पुलको दृश्यका साथै सुर्यास्तको मनोरम दृष्यले आन्तरिक पर्यटकलाई तानिरहेको स्थानीय बताउँछन्।
 
फेसबुकमा झोलुङगे पुलको फोटो भाइरल भएको देखेर पुल हेर्न आएको लक्ष्मी वलीले बताउँछिन्। दुई तीन महिना अघि नै आफूले फेस कमा पुलको फोटो देखेको उनले बताइन्। 
 
गर्मीयाममा नदीमा पौडी खेल्न पनि मानिस उक्त क्षेत्रमा जाने गरेका छन्। 

बबइ नदि वारपार गर्न २०७८ साल फागुनमा झण्डै ३ करोड लगानीमा पुल निर्माण सम्पन्न भएको पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले बताइन्। स्थानीयहरुको माग हुँदा आफ्नो पहलमा यो पुल निर्माण भएको र अहिले भाइरल भएको देख्दा खुसी लागेको उनको भनाए छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.