मुस्ताङको लोघेकरमा ४५४ घरधुरीलाई विद्युतीय चुलो

मुस्ताङको लोघेकरमा ४५४ घरधुरीलाई विद्युतीय चुलो

जोमसोम : जलवायु क्षति न्यूनीकरण तथा पर्यावरण जोगाउनका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिएको छ। परम्परागत चुलोलाई विस्थापित गर्दै कार्बन उत्सर्जन न्यूनीकरणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले विद्युतीय उपकरण चुलो वितरणमा जोड दिएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चालु आर्थिक वर्ष गाउँपालिकाका ५ वटै वडाका ४५४ घरधुरीलाई निःशुल्क विद्युतीय चुलो वितरण गरेको हो।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) मुस्ताङको ९ लाख र गाउँपालिकाको ८ लाख गरी १७ लाख मूल्य बराबरको अनुदान सहयोग रहने गरी विद्युतीय चुलो वितरण गरिएको  गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

एक्याप तथा गाउँपालिकाको लागत साझेदारीमार्फत घरदैलामै निःशुल्क विद्युतीय चुलो पाएपछि त्यस क्षेत्रका नागरिक खुसी भएका छन्। यसअघि परम्परागत रुपमा पशुचौपायाका गुईठा,जंगलका दाउरा र ग्याँसको प्रयोग गर्दै आइरहेका त्यस क्षेत्रका स्थानीयले अब भने विद्युतीय उपकरणको सहयोगमा खाना पकाउन सहज भएको ध्ये गाउँका स्थानीय पासाङ गुरुङले उल्लेख गरे। ‘हामीले गुईठा,दाउरा र ग्याँसको प्रयोग गर्दै आइरहेका थियौ, यि सामाग्री जुटाउनै मुश्किल पर्थ्यो, स्थानीय गुरुङले भने,‘ अब भान्सामा खानेकुरा पकाउन घरबाहिर निक्लनु परेन, सबै काम विद्युतीय चुलोबाटै हुने भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.