धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
![धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द](https://annapurnapost.prixacdn.net/media/albums/sebon_20210710094746_rkeQQtqWWD_JUjfh9a56g.jpg)
काठमाडौं : नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको हो।
'नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१/०३/१४ को निर्णयअनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०/११/१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरू रद्द गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,' सूचनामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)