पहिरोले मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर अवरुद्ध
सुन्नुहोस्

बागलुङ : बागलुङमा पहिरोको कारण मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। शुक्रबार राती परेको भारी वर्षातका कारण मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

मध्यपहाडी लोकमार्गको काठेखोला खण्डमा पहिरो जाँदा बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठेखोला गाउँपालिकाको विहुँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो। 

काठेखोलामा नेपाली सेनाको श्रीमेहर गणको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ। पहिरोको कारण बागलुङबाट बुर्तिबाङ सहित रुकुम जाँदै गरेका र बागलुङ आउँदै गरेका सवारीसाधन विचमै अलपत्र परेका छन्। 

यस्तै कालिगण्डकी कोरिडोरको बागलुङ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। यस्तै बागलुङ कुश्मिशेरा सडक अन्तरगत बागलुङ नगरपालिका–१० गलुवाको दब्ल्याङमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

बर्षेनी पहिरो खसेरले बागलुङको दक्षिण क्षेत्रमा  सडक सम्पर्क टुट्दै आएको  समस्या नियन्त्रणको काम भइरहेको बेला पुनः पहिरो गएको हो। बर्षेनी पहिरोले समस्या हुँदै आएको दब्ल्याङमा पहिरो नियन्त्रणको लागि ५० लाखको लागतमा तारजाली लगाउने कार्य भइरहेको थियो। शुक्रबार रातीको भारी वर्षातको कारण पुनः पहिरो जाँदा तारजाली समेत बगाएको छ।

मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएका छन्। भीषण वर्षापछि सडकमा गग्रान जम्मा भएर सडक अबरुद्ध भएको हो। कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पहिरो खस्दा दुवै सडक अवरुद्ध छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.