भरतपुरमा क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत भेटिए
चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्। क्यान्सर अस्पतालको मुख्य गेट अगाडिको वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले बताए ।
उनी असार १० गते देखि क्यान्सरको उपचार गराइरहेका थिए। आइतबार बिहान ९ बजेतिर उनी कोठासँगै जोडिएको बाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएको रिजालले बताए। ' चिनियाँ दुतावासका प्रतिनिधि आउनु भएको छ । थप जानकारी लिने काम भइरहेको छ,' उनले भने ,'घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।'