अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ

इजलास

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ
दुर्गाबहादुर खड्का
सुन्नुहोस्

दुर्गाबहादुर खड्का । जसरी पुरानै एसएलसीकै लयमा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आयो यसले अबदेखि बिग्रँदै जान थालेको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ। प्यूठानका ८० वटा विद्यालयमध्ये हालसम्म मैले झन्डै ४० भन्दा बढी विद्यालयमा टेलिफोन गरेर शिक्षकहरूसँग प्रतिक्रिया लिएँ।  यो नतिजाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ। 

१ दशमलव ६ जीपीए ल्याउँदा हुने पहिलेको प्रणालीलाई खारेज गरेर अहिले लिखितमा ३५ र प्रयोगात्मक विषयमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था भयो। जसले गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण भए। कैयौं विद्यालयको नतिजा शून्य भयो। शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरूलाई यो नतिजाले झट्का हानेको छ। त्यसैले त, नतिजा आएलगत्तै कतिपय विद्यार्थीको सोचाइमा नकारात्मक असर पनि परेको देखियो, सुनियो। त्यसलाई न्यूनीकरण गर्न शिक्षासँग सरोकार राख्ने सवै पक्ष जिम्मेवार बन्नुपर्छ।  

शिक्षकहरू जिम्मेवार बन्नुपर्छ। विद्यार्थीलाई अब पढ्नुपर्ने रहेछ भनेर सचेत गराएको छ भने अभिभावकहरूको चासो बढेको छ। यी तीनवटै पक्षको घुलन नहुँदासम्म समग्र शिक्षा क्षेत्रको गुणस्तरमाथि जान सक्दैन। 

(खड्का शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका एकाइ प्रमुख हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.