रास्वपामा खटपट : समीक्षा प्रतिवेदनका आधारमा महामन्त्रीले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)

केन्द्रीय बैठकमा सभापति लामिछानेले महामन्त्री ढकाललाई प्रस्ताव पेश गर्न दिएनन्

केन्द्रीय बैठकमा सभापति लामिछानेले महामन्त्री ढकाललाई प्रस्ताव पेश गर्न दिएनन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र महामन्त्रीबीच विवाद बढ्दै गएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न नदिएका हुन्।

रास्वपाका महामन्त्री ढकालका अनुसार समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न मंगलबारको सचिवालयको बैठकमा अनुमति दिएको थियो। तर आउन महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि पेश गर्ने अनुमति सभापति लामिछानेले नदिएको जानकारी दिएका छन्। 

उनले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जनाएका छन्।

‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन।’ढकालले भने,‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ।’

ढकालले भनेका छन्, ‘मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोहि पनि नरिसाउनु होला। सच्चिऔं। सच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिन अघि केहि गल्तीहरु गरे होला। म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने। किन कि प्रश्न आइसक्यो ? सच्चिने कि.... ? भो अर्को शब्द नबोलौं होला। फेरी साथीहरूलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका आफैं मुल्याङ्कन गर्नुहोस्।’

महामन्त्री ढकालले पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको  छ। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो। 

आजको बैठकमा महामन्त्री डा. ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन्। ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु, उनले भने।

प्रस्तावमा उनले  भनेका छन्,‘राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस्।’

हेर्नुहोस् समीक्षा प्रतिवेदनको आधारमा तयार पारेको ढकालको प्रस्ताव

 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.