बोल्ने अधिकार हनन् भएको भन्दै विरोध

रास्वपामा विवाद : महामन्त्री ढकाल भन्छन् - ‘पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएको छु’

रास्वपामा विवाद : महामन्त्री ढकाल भन्छन् - ‘पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएको छु’
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय चःमतिमा जारी रहेको छ। बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन र समसामयिक राजनीतिमाथि छलफल भइरहेको छ। महामन्त्री ढकालले पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।

यसैबीच रास्वपाभित्रपछिल्लो समय विवाद बढेको छ। महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको  छ। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो। 

आजको बैठकमा महामन्त्री डा. ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन्। ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु, उनले भने।

ढकालको प्रतिवेदन औपचारिकरुपमा सार्वजनिक भइसकेको छैन। असार १२ गते सभापति लामिछानेलाई प्रतिवेदन पेश गर्दै ढकालले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने विश्वास व्यक्त गरेका थिए। ढकालले भनेका थिए, ‘यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। यसलाई तपाईंमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध समेत गर्दछु।’

‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ। मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’

null

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले महामन्त्री ढकालका सम्बन्धमा बुधबार बस्ने केन्द्रीय समितिले निर्णय लिने बताएका थिए। आगामी केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै अर्यालले पार्टीको अनुशासन बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताएका थिए।

उपसभापति अर्यालले भनेका थिए,‘पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.