सञ्चार क्षेत्रमा एआईजस्ता प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आकर्षण गर्नसक्छ : प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ

सञ्चार क्षेत्रमा एआईजस्ता प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आकर्षण गर्नसक्छ : प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सञ्चार क्षेत्रमा एआईजस्ता प्रविधिको प्रयोगले नयाँ पुस्तालाई आकर्षण गर्न सकिने बताएका छन्। अन्नपूर्ण मिडियाको सुपर एप 'सम्पूर्ण'को लन्च समारोहमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पत्रिकाको भीडमा अन्नपूर्णले सधैं फरक देखाउने प्रयास गर्दै आएको बताए। 

प्रविधिको प्रयोगबाट नयाँ कुरा ल्याएकोमा उनले अन्नपूर्ण मिडियालाई धन्यवाद दिए। उनले एआई प्रविधिका कतिपय कमी कमजोरी पनि रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए। 'एआईले कतिपय जानकारीमा गल्ती पनि गर्न सक्छ। हालसालै प्रधानमन्त्री बालेन्द्र शाहलाई काठमाडौंका मेयरका रूपमा प्रस्तुत गरिएको पनि हामीले देख्यौं। त्यसैले त्यसतर्फ ध्यान चाहिँ दिनुपर्छ,' उनले भने। 

उनले अहिले मिडिया संकटमा रहेकाले नयाँ इनोभेसनको जरुरी रहेको बताए। अन्नपूर्ण मिडियाको सुपर एपले नयाँ युवा पुस्तालाई आकर्षित गर्न सकिने उनको भनाइ छ। 

त्यस्तै प्रधान सम्पादक बालकृष्ण बस्नेतले अन्नपूर्ण पोस्ट्ले देश र जनताका पक्षमा आवाज उठाउँदै आएको बताए। उनले अहिलेको प्रविधिलाई सँगसँगै लिएर अघि बढाउने बताए।

अबको बाटो नै डिजिटल भएकाले त्यसमार्फत अघि बढ्ने बताए। त्यस्तै उनले जनताका आवाजलाई प्राथमिकताका साथ अघि बढाएको र कन्टेन्टमा सधैं पिपुल फस्टको अवधारणा बोकेको बताए। 

डिजिटल क्षेत्रमा अन्नपूर्ण पोस्ट्ले अगुवाई गर्ने उनको भनाइ छ। उनले सूचना प्रविधिलाई अंगालेर पत्रकारितालाई अघि बढाउनुपर्ने बताए।

उनले समाचार आफूभित्रै रहेकाले त्यसलाई पहिचान गर्न आवश्यकता भएको बताए। 'हामी सामाजिक सञ्जालमा दिइएका सूचनामा मात्र अल्झिनु हुँदैन। खोज पत्रकारितामार्फत मिडियालाई सशक्त बनाउनुपर्छ। समाचार हामी आफैंभित्र पनि छ। त्यसलाई पहिचान गर्न सक्नुपर्छ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.