एमालेले आज नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै
काठमाडौं : नेकपा एमालेले पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप तयार गरेको छ। आज दिउँसो १ बजे पार्टी कार्यालयमा च्यासलमा नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वेबसाइट तथा एपको सार्वजनिकीकरण गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित नेताहरु पनि सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस !