विद्यालय डुवानमा परेपछि पठनपाठन बन्द

विद्यालय डुवानमा परेपछि पठनपाठन बन्द
फाइल तस्बिर।
सुन्नुहोस्

रौतहट : वर्षातको पानीले विद्यालयको चौर डुबान हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ। दुर्गा भगवती गाउँपालिका -१ स्थित जनता प्राथमिक विद्यालयको चौर डुवान हुँदा विद्यार्थी समस्यामा परेका हुन्। पानी एकदेखि दुई फिटसम्म जमेको र कक्षा कोठामा समेत पानी छिरेपछि अध्ययन एवं अध्यापन प्रभाावित भएको विद्यालयका प्रधानाध्यापक मुकेश चौधरीले बताए।

चौरको चारैतिर अग्लो रहेको र विद्यालय भवन होचो जमिनमा रहेकाले पानी जम्ने गरेको उनले बताए । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ३५० जना विद्यार्थी रहेको प्रधानाध्यापक चौधरीले बताए ।

विद्यालय वरिपरि पानी जमेपछि सर्पको जेखिम भएको र विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूलाई विद्यालय आउजाउमा समस्या भएपछि केही दिनका लागि बिदा दिएको विद्यालय प्रशासनले जनाएको छ ।

त्यसमा रहने किरा फट्यांग्राहरूको डरका कारण विद्यालय बन्द गरिएको उनले भने । विद्यालयको समस्यासम्बन्धी पटकपटक स्थानीय तहको शिक्षा शाखालाई जानकारी गराए पनि हालसम्म कुनै पहल नभएको उनले बताए। विद्यालय हाताबाट पानीको निकास नभएसम्म विद्यालयमा अध्ययन अध्यापन गराउन चाहेर पनि  नसकेको प्रअ चैधरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.