एकीकृत समाजवादीले सरकारबाट समर्थन फिर्ता नलिने


काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन्।

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे। कांग्रेस-एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ। उनले संविधान संशोधनको मुद्दा स्पष्टरूपमा बाहिर नआइसकेको भन्दै स्पष्टरूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे।

उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मकरूपमा सहमतिको प्रयास भइरहेको भन्दै निरास हुनुपर्ने अवस्था नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.