मुस्ताङको घमी खोलामा आएको बाढीले काठेपुल र सिँचाइ कुलोमा क्षति

मुस्ताङको घमी खोलामा आएको बाढीले काठेपुल र सिँचाइ कुलोमा क्षति
सुन्नुहोस्

जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी खोला बाढीले त्यहाँको पुरानो काठेपुल र सिँचाइ कुलोमा क्षति पुगेको छ। खोलामा आएको बाढीले घमी र ढाक्मर जोड्ने पुरानो काठेपुल बगाएको हो। घमी गाउँको सिँचाइ कुलोको करिव सय मिटर ड्रेन समेत बाढीले क्षति तुल्याएको छ। 

बाढीले पुरानो (घमी -ढाक्मर) गाउँ जोड्ने बगाएपछि त्यस क्षेत्रका स्थानीयबासी तथा पर्यटकलाई समेत आउजाउमा समस्या परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। 

अहिले बाढीले काठेपुल बगाएपछि स्थानीयबासीले जोखिम मोलेर घमी खोला तर्नुपर्ने अवस्था आइपरेको अध्यक्ष बिष्टको भनाइ छ। बाढीले काठेपुल बगाएपछि गाउँले जुटेर फेरी पुरानै संरचना नबिग्रिने गरी सो स्थानमा पुल स्थापना गर्न थालिएको भएपनि वर्षाका कारण पुल बनाउने काम गर्न अप्ठ्यारो परेको अध्यक्ष बिष्टले बताए। 

यसैगरी घमी खोलामा आएको बाढीले सिँचाइ कुलोमा क्षति पुगेपछि अहिले घमी गाउँको खेतीयोग्य जमिनमा सिँचाइको सुविधा अवरुद्ध भएको छ। संघीयता अघि सिँचाइ सबडिभिजन कार्यालय बागलुङले निर्माण गरेको घमी सिँचाइ कुलो बाढीले क्षति बनाएको हो।

बाढीले सिँचाइ कुलो क्षति बनाएपछि क्षतिग्रस्त स्थानमा पुनः सिँचाइ कुलो निर्माण गर्न गाउँपालिकाले तत्कालै कदम चालेको अध्यक्ष बिष्टले बताए। कुलो मर्मत गर्न करिब १० लाख बढी रकम लाग्ने भएकाले विपद् व्यवस्थापन कोषबाट छुट्याइएको बजेटबाट कुलो मर्मत गरिने अध्यक्ष बिष्टको भनाइ छ।

यसैगरी थासाङ गाउँपालिका स्थित (लेते-धम्पु) जोड्ने निर्माणाधीन पक्की पुल नजिक कालीगण्डकी कटानले बेनी-जोमसोम मुख्य राजमार्ग सडकलाई असर पुर्‍याएको छ। त्यहाँ निर्माण कम्पनीले पुलको फाउन्डेसन जग खन्नका लागि मुख्य सडक मिचेर संरचना निर्माण गर्न थालेको थियो। निर्माण कम्पनीले मनसुन सुरु हुन लाग्दा काम गरेकाले कालिगण्डकी बढेपछि निर्माण कार्य त्यसै अधुरो छोडेर सम्पर्कविहीन बनेको थियो।

कालीगण्डकी नदी कटान र मुख्य सडक भासिने र भत्किँदै सडक साँघुरो बनेपछि त्यहाँ सडक सुरक्षा जोखिम उत्पन्न भएको थियो। सडक जोखिम न्यूनीकरण गरी सडक आवागमनलाई सुरक्षित बनाउन शुक्रबारदेखि तालुकदार कार्यालय पूर्वाधार विकासले पहल थालेको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए। 

उनले मनसुनको समय अझै बाँकी रहेकाले बेनी-जोमसोम सडकको (लेते-धम्पु)मा सडक जोगाउन अस्थायी ढुंगा तेर्साएर नदी छेक्ने काम सुरु भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। त्यहाँ करिब ५० मिटर लामो दूरीमा ढंगेबार राखेर नदी तर्काउने काम भइरहेको उनले जनाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.