वर्षाका कारण सिन्धुपाल्चोकमा बाढी पहिरोको कहर

वर्षाका कारण सिन्धुपाल्चोकमा बाढी पहिरोको कहर
सुन्नुहोस्

सिन्धुपाल्चोक : गएरातिदेखि लगातार ठूलो पानी परिरहेको छ। जसका कारण विपद्को जोखिम रहेको सिन्धुपाल्चोकमा बाढी पहिरोको कहर सुरु भएको छ।  

वर्षासँगै ठाउँ ठाउँमा बाढीले सतर्कता तह पार गरेको छ। अविरल वर्षाका कारण नाकोतेमा मेलम्ची नदी खतराको तहभन्दा माथि पुगेका छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मेलम्ची नदीको नाकोतेमा राखिएको जलसतह मापन केन्द्रमा नदीले खतराको तह समेत नाघेको हो। 

विभागका अनुसार नाकोतेको मेलम्ची नदीको सचेतना तह ४ दशमलव ५ मिटर हो भने खतराको तह ५ दशमलव ५ मिटर हो। तर २४ घण्टा भन्दा लामो समयदेखिको निरन्तर वर्षाको कारण सो स्थानको दिउँसो साँझ नदीको तह ५ दशमलव ६ सय ६३ मिटर पुगेको छ। जुन खतराको तह भन्दा ० दशमलव १ सय ६३ मिटर बढी हो। विभागले मेलम्ची नदी किनार आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह समेत गरेको छ।

यस्तै भारी वर्षाका कारण हेलम्बु र मेलम्ची जोड्ने रातोपुल र वरपरका बस्ती जोखिममा परेका छन्। वर्षाकै कारण पहिरो जाँदा चीनसँगको नाका जोड्ने कोदारी राजमार्गमा गाडी चल्न सकेका छैनन्। अविरल वर्षाकै कारण चौतारा सँगाचोकगढी नगरपालिका-१२ साँगाचोक कोल्डाँडामा रहेको पिपलको रुख ढलेको छ। रुख ढल्दा सँगै रहेको सामुदायिक भवन पूर्ण रुपमा क्षति भएको छ भने नजिकै रहेको रत्नबहादुर श्रेष्ठको घर र प्रहरी चौकीमा समेत सामान्य क्षति पुगेको छ।

वर्षाका कारण पहिरोले रुख ढल्दा पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङमा २ घरमा क्षति गरेको छ। स्थानीय ईश्वर गिरी र ओम गिरीको दुईवटा घरमा क्षति गरेको वडा नं ७ का वडा अध्यक्ष सुके तामाङले जानकारी दिए। 

उनका अनुसार एउटा घर पूर्ण रूपमा क्षति भएको छ। उक्त घरमा मानवीय क्षति नभए पनि अन्नपात र दैनिक उपभोग्य सामग्री राखिएको तामाङले बताए। यता चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ को वडा कार्यालय नजिक पहिरो गएको छ। उक्त पहिरोबाट जनधनको क्षति नभए पनि सडक भने केही अवरोध भएको छ। पहिरोबाट सडक माथि रहेको सानो गोठ भने प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

विभागका बाढीविद् तथा हाइड्रलोजिस्ट इन्जिनियर विजय ढुकुछुले अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.