बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन
काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारले मोटर क्षमताका आधारमा विद्युतीय सवारी साधनको भन्सार र अन्तःशुल्क बढाएको छ। सोहीअनुसार बीवाईडीले मूल्य समायोजन गरेको हो।