त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५  जना

काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका

त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५  जना
सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएको स्थान। तस्बिर : अनिल ढकाल।

चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५  जना रहेका  चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

 यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो। 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.