भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलनमा
सुन्नुहोस्

रौतहट : निर्माण व्यवसायी संघ रौतहटले बिहीबार डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमा अनिश्चतकालीन तालाबन्दी गरेको छ। 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी नदिएको भन्दै सडक डिभिजन कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन। 

तालाबन्दी गरेपछि निर्माण व्यवसायीहरूले सडक कार्यालय अगाडि एक घण्टा राजमार्गमा समेत चक्काजाम गरेका थिए। काम पूरा भइसक्दा पनि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले भुक्तानी नदिएपछि बाध्य भएर चक्काजाम गर्नु परेको संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए।

समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायी मारमा पर्दै आएको अध्यक्ष यादवले गुनासो गरे। राज्यले समयमै भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू कालो सूचीमा पर्ने, चेक बाउन्सको त्रास, करको ताकेता, निर्माण सामग्री तथा सवारी साधन घेर्नुको साथै ज्यान समेत गुमाउनु पर्ने अवस्था रहेको अध्यक्ष यादवको भनाइ छ।

डिभिजन सडक कार्यालय रौतहटले आफूहरूलाई करिब १८ करोड भुक्तानी दिनुपर्ने उनले बताए। कार्यालयमा अनिश्चिकालका लागि तालाबन्दी गरेको अध्यक्ष यादवले जानकारी दिए। डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र पाण्डेले विभागबाट पैसा नआउँदा  भुक्तानीमा समस्या आएको बताए। 

करिब ६ करोड ४४ लाख रुपैयाँ आए मात्रै पनि तत्काल समस्या समाधान हुने कार्यालय प्रमुख पाण्डेको भनाइ छ। रौतहट र सर्लाहीमा गरी जम्मा १२ वटा योजना सञ्चालनमा छन्। केही योजना चैत्र-वैशाखमै सम्पन्न हुँदा समेत ठेकेदारलाई भुक्तानी दिन सकेको छैन।

सडक डिभिजन कार्यालयमा तालाबन्दी र सडक जाम गर्न निर्माण व्यवसायी संघ रौतहटका वरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादव, उपाध्यक्ष उपेन्द्र यादव, सचिव कल्याण कार्की, निर्माण व्यवसायी नारायण न्यौपाने लगायतको निर्माण व्यवसायीहरू पुगेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.