मन्त्री छनोट गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मन्त्री छनोट गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

 
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि सभापति शेरबहादुर देउवाले बोलाएका हुन्। 

 राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी पेस गरेका छन्। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

शनिबार या आइतबार ओली नयाँ प्रधानमन्त्री बन्ने भएकाले नयाँ सरकार गठन, पार्टीको तर्फबाट मन्त्री छनोट र समसामयिक विषयमा छलफल हुने बताइएको छ।

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्।एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ।

मन्त्रालय भागबन्डामा दुई दलबीच विवाद देखिँदैन। कांग्रेसका अर्का एक नेताका अनुसार गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन्। 

मन्त्रीका लागि तीव्र लबिङ

नयाँ सरकार गठन प्रक्रियाअघि बढ्ने भएकाले सरकारमा पठाउनेको नामावली बनाउने गृहकार्यमा कांग्रेस सभापति देउवा जुटेका हुन्। कांग्रेस सांसदहरू सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर मन्त्रीका लागि तीव्र लबिङ गरिरहेका छन्। 

कांग्रेसबाट नेतृत्व गर्दै गृह मन्त्रालय लिएर सरकारमा जानेमा प्रमुख सचेतकसमेत रहेका रमेश लेखकको सम्भावना बलियो छ। देउवा निकट स्रोतका अनुसार लेखककै नेतृत्वमा सरकारमा कांग्रेसका नेताहरू सहभागी हुँदै छन्। त्यसोत आकांक्षीका रूपमा उपप्रधानमन्त्री पाए भने सरकारको नेतृत्व गरेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति प्रकाशमान सिंह पनि जाने तयारीमा छन्। 

महामन्त्री गगन थापाले नेतृत्व गरेर सरकारमा जाने विषय पनि कांग्रेसभित्र उत्तिकै चर्चामा छ।  यदि उनि आफू पछि हटे भने सांसद प्रदीप पौडेललाई मन्त्री बन्न बाटो खुल्ने छ। कांग्रेसमा संस्थापन समूहबाट डा. आरजु राणा देउवा, रामहरि खतिवडा, कान्तिका सेजुवाल, उदयशमशेर जबरा, किशोरसिंह राठोर, शंकर भण्डारी, अजय चौरासिया, विनोद चौधरी र श्याम घिमिरे मन्त्रीका आकांक्षी छन्।  

शेखर–गगन पक्षबाट भने जीवन परियार, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादव आकांक्षी छन्। डा. शशांक कोइराला समूहबाट दीपक गिरी र दीपक खड्का आकांक्षी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.