कुपोषित बालकको उपचारमा समस्या

कुपोषित बालकको उपचारमा समस्या
सुन्नुहोस्

कालीकोट : कुपोषणले थला परेका बालकको उपचारमा आर्थिक समस्या परेको छ। आर्थिक संकटका कारण उपचारमा गाह्रो भएपछि अनेरास्ववियुको पहलमा आर्थिक सहयोग जुटाउन थालिएको छ। जिल्लाको पँचालझरना गाउपालिका-८ का १८ महिने कुपोषित बालक स्केशन बोहोराको उपचारका लागि अनेरास्ववियुको पहलमा आर्थिक सहयोग जुटाउन थालिएको हो। 

बालकको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।  बोहोराको पारिवारिक अवस्था कमजोर भई बालकको उपचारमा कठिन भएका कारण आर्थिक सहयोग जुटाउन थालेको अनेरास्ववियु कर्णाली प्रदेश कमिटी सदस्य तथा तिला कर्णाली बहुमुखी क्याम्पस स्ववियु कोषाध्यक्ष दिपा शाहीले बताइन्।
 

उनले भनिन्, ‘१८ महिने बालकको अवस्था दयनीय छ भने उनका बुवा आमाको अवस्था पनि दयनीय रहेको छ। उनका बुवाले दिउँसो आँखा देखे पनि राती भने आँखा पटक्कै देख्दैनन् आमाको अवस्था पनि उस्तै छ। छोराको उपचार जिल्ला अस्पतालमा भइरहेको भएपनि बाबु आमालाई खाना खाने सम्म रुपैयाँ नुहुँदा उनीहरूले गुहार मागेपछि हामीले सहयोग जुटाउन थालेका हौं।’
 
अनेरास्ववियु कर्णाली प्रदेश सचिव धर्म बहादुर शाहीले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेको आफ्नो कमिटीलाई परिचालन गरि बालकको उपचारमा अनेरास्ववियु लागेको बताए। उनले भने, ‘आर्थिक रुपमा कमजोर घरपरिवारमा जन्मेका बालकको सहाराका लागि अनेरास्ववियु तयार छ। हामीले जिल्लाबासी तथा देश विदेशमा रहनुभएका सबै दाजुभाइले गरेको सहयोग कुपोषित बालकका बुवालाई बुझाएका छौं।’ 

आजै थालिएको अभियानमा २० हजार नगदसहित बालकका लागि केही कपडा हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ नेपाल कालिकोट (क) प्रदेशका  अध्यक्ष नम अधिकारीले बताए। उक्त अभियानमा अनेरास्ववियु कालीकोटका उपाध्यक्ष राधिका शाही, सहसचिव शंकरजंग बोगटी, विनोद खड्का लगायतको टोली खटिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.