कहाँ होलान् त्रिशूलीमा बगेकाहरू ?

९ जनाको शव फेला, ५ को पहिचान

कहाँ होलान् त्रिशूलीमा बगेकाहरू ?
दुर्घटनास्थल सिमलतालमा स्थलगत निरीक्षणमा पुगेका गृहसचिव, प्रहरी महानिरीक्षकसहितको टोली।
सुन्नुहोस्

काठमाडौं : बिहानको झिसमिसे उज्यालो नहुँदै त्रिशूलीमा बगेकाहरू तीन दिन बित्दासमेत अझै भेटिएका छैनन्। दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएर ५१ जना बेपत्ता भएका छन्। तीमध्ये आइतबार रातिसम्म ९ जनाको शव फेला परेको छ। पाँच जनाको पहिचान भए पनि चार जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए। 

राज्यका सबै सुरक्षा निकायसहितका विभिन्न उद्धारकर्ताहरूले बेपत्ता भएकाहरूको खोजी कार्य दिनरात जारी राखे पनि भेटाउनै मुस्किल परिरहेको प्रहरी उपरीक्षक रिमालको भनाइ छ। नदीमा बगेर बेपत्ता भएकाहरूको परिवारलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा विभिन्न होटल व्यवसायीहरूले स्वतस्र्फूत खान बस्नको निःशुल्क व्यवस्थापन मिलाएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए। 

दुर्घटनास्थलमा आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवलगायत स्थलगत निरीक्षणमा पुगेका थिए। 

भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा यात्रुवाहक दुई बसलाई माथिबाट आएको लेदोसहितको पहिरोले बगाएको असार २८ गते बिहान साढे ३ बजे बगाएको थियो। वीरगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा २७ जना गरी ५१ जना यात्रु सवार थिए। 

हालसम्म शव फेला पर्नेमा दुुई जना नेपाली नागरिक र ती जना भारतीय नागरिक हुन्। प्रहरीका अनुसार वरहथवा नगरपालिका–३ सर्लाही निवासी १९ वर्षीय रमितकुमार माझी, माडी नगरपालिका–१ चितवन निवासी २२ वर्षीय विकास परियारको शव फेला परेको छ। 

भारत बेतिया विहार पश्चिम चम्पारण बेतियाथा निवासी २२ वर्षीय सजाद अन्सारी, सोही ठाउँका ३० वर्षीय जयप्रकाश ठाकुर र भारत सीतामणि बर्गेनिया जमुवा निवासी २८ वर्षीय कपीलाल साहको पहिचान भएको छ। शनिवार तीन जना र आइतबार दुई जनाको शव फेला परेको हो। पहिचान नभएका चार जनाको पनि आइतबार नै शव फेला परेको प्रहरीले जनाएको छ। 

सडकको त्रासले जहाजमा भिड

नारायणगढ–मुग्लिन सडक खण्डको त्रासले पश्चिम नेपालबाट राजधानी आउने यात्रुहरूमा त्रास फैलिएपछि पहुँच पुग्नेहरू जहाजको यात्रा गर्ने गरेका छन्।

आइतबार भैरहवा काठमाडौं यात्रा गर्ने नागरिकले जहाजमा टिकट पाएनन्। दिउँसो ३ बजे जहाजको टिकट लिन खोजे पनि नपाइएको इस्मा गाउँपालिका–४ खगे्रेटा गुल्मीका रामबहादुर कार्कीले सुनाए।

‘आइतबार नपाएपछि सोमबार बिहानका लागि जहाजको टिकट काटेको छु’, उनले भने, ‘बुझ्दै जाँदा नारायणगढ मुग्लिन सडकका कारण प्लेन पनि प्याक भएको रहेछ।’ काठमाडौं–भरतपुर पनि जहाजमा टिकट नपाएको यात्रुहरूले गुनासो गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.