चितवनमा अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु
चितवन : अस्पतालको भवनबाट खसेर चितवनमा एकजना बिरामीको मृत्यु भएको छ । भरतपुरको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेर नवलपुरको हुप्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चाको मृत्यु भएको हो ।
बिहान पौने ११ बजे उनी अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेका थिए । झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भएका थिए । मृतक मगरलार्इृ आँखा नदेख्ने समस्या रहेको बुझिएको छ ।