मध्यपुर थिमीमा वृक्षारोपण
भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले शनिबार वृक्षारोपण गरेको छ। प्रहरी वृत्त थिमिदेखि निकोसेरा सडक खण्डमा ३ सयभन्दा वृक्षारोपण गरिएको हो। काठमाडौं उपत्यका प्राधिकरण र राष्ट्रका लागि २ घण्टा अभियानको सहकार्यमा सडक खण्डको दुई तिरै वृक्षारोपण गरिएको छ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बिरुवा रोपी बिरुवामा पानी लगाई वृक्षारोपण कार्यक्रम सुरु गरे। उनले नगरपालिकाले साउन महिनाभरी वृक्षारोपण गर्ने निर्णय गरेको बताए।
काठमाडौं विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याखुरेलले आफूहरूसँग रकम मौज्दात रहेको र चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले पटक पटक विभिन्न समय सहयोगका लागि पटक पटक हात बढाएकाले यसपटक बोट बिरुवा ईबीए प्रोजेक्ट अनुसार बिरुवा सहयोग गरेको बताए।
नगरपालिकाका प्रवक्ता एवम् मध्यपुर थिमी नगरपालिका-३ का अध्यक्ष कृष्ण गरी आचार्यले ४ फिट भन्दा ठूला कपूर, कल्की स्वमी र असारे फूलका बिरुवा रोपिने बताए।