लायकु दरबारमा नयाँ पमा: नियुक्ति हुने

लायकु दरबारमा नयाँ पमा: नियुक्ति हुने
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमिको नगदेशको लायकु दरबारमा नयाँ पमा: (प्रधान) नियुक्ति हुने भएको छ। शनिबार मध्यपुर थिमि नगरपालिका -७ का स्थानीय वासी, जनप्रतिनिधि, पूर्व पमा: र नगदेश लायकु दरबार पूर्ण निर्माण उपभोक्ता समिति समेत सम्मिलित सार्वजनिक भेलाले लायकुमा नयाँ पमा: ( प्रधान)का रूपमा पदभार ग्रहण गरी जिम्मेवारी सम्हाल्न इच्छुक ५ जनालाई छनोट गरेको छ। 

भेलाले स्थानीयको सर्वसम्मतीले नै वडा कार्यालयलाई गुठी संस्थानमा नियुक्तिका लागि सिफारिस गर्न ५ जना नयाँ पमा:लाई छनौट गरेको हो। भेलाबाट छनोट हुने पमा: हरूमा नगदेशका ५ जना स्थानीय बसिन्दाहरू एवम् पूर्व पमा:हरू राम कृष्ण बाडे,कृष्ण भक्त बाडे,काजी नरसिंह दंगोल, विक बहादुर घजु र राम कृष्ण वैद्य छन्। 

छनोट गरिएका ४ जना केही वर्ष अगाडि पमा: बनिसकेका तर आन्तरिक कारणले गर्दा राजीनामा दिएर पमा: पद त्यागेका व्यक्तिहरू हुन्। अब उनीहरूलाई वडा नम्बर ७ कार्यालयले गुठी संस्थान, भक्तपुरमा सिफारिस गरिदिएपछि औपचारिक रूपमा नै गुठी संस्थानले पमा: तोकी नियुक्ति दिने छ। 

भेलाबाट छनोट भएका यी ५ जना पमा: हरू भने लायकु दरबारका साबिकका पमा:हरू अष्ट वरसिंह बाडेका छोरा राज कुमार बाडेका नातिहरूले वडा कार्यालयमा लिखित राजीनामा दिएपछि नियमित पूजा गर्ने र चाड पर्व सञ्चालन गर्ने प्रधानहरूको खाली पदलाई परिपूर्ति गर्नका लागि तत्काल नै नियुक्तका लागि छनोट गरिएका हुन्। 

साबिकका पमा: अष्ट वरसिंह बाडेका छोरा राज कुमार बाडेका नातिहरूले लायकु दरबारमा पमा : को रूपमा काम, जिम्मेवारी पूरा गर्न नसकेको भनी वडा कार्यालयमा लिखित राजीनामा दिएपछि पद रिक्त भएको थियो। यस अघि मध्यपुर थिमि नगरपालिकाका प्रमुख, गुठी संस्थान,भक्तपुरका प्रतिनिधिहरू सामेल सार्वजनिक भेलामा समेत उनीहरूले अब पमा: का रूपमा काम नगर्ने भयौ भनेर घोषणा समेत गरेका थिए। अब भने यो पदको परिपूर्ति हुने भएको छ। 

भेलामा पमा: छनोट भएर नियुक्त भएपछि सम्पूर्ण काम काज भने यी ४ जना पमा:ले मात्र नगर्ने बताइएको छ। अहिलेका लागि पहिला ५ जना पमा: छनोट गरी नियुक्तिका लागि सिफारिस गरिने र पछि समिति मार्फत लायकुको काम कार्य सञ्चालन गर्ने बताइएको छ। 

लायकुबाट सञ्चालन हुने सम्पूर्ण काम कार्यका लागि थप व्यक्तिहरू छनोट गरी विभिन्न समिति बनाइने बताइएको छ। विशेष गरी लायकुका पमा: हरूले विभिन्न समयमा सञ्चालन हुने जात्रा तथा मनाइने चाड पर्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। 

हरेक वर्ष नगदेशमा मनाइने विस्का जात्रा मा पमा: हरूले दोस्रो दिन श्री सिद्धि गणेशको खतमा फूल र सिंदूर छरेपछि मात्र औपचारीक  रूपमा सिन्दूर छरेर विस्का जात्रा मनाइन्छ। पमा: हरूको भूमिका कति सम्म हुन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो। भेलाको लागि भने नागरिक स्तर बाटै धीमे बाजा बजाएर गएको शुक्रवार राति नगदेशका टोल टोलमा सूचना दिएको थियो। 

मध्यपूर थिमि नगरपालिका-७ का अध्यक्ष कृष्ण कुमार प्रजापतिले वडाले सोमबारसम्ममा सिफारिस गरिसक्ने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.