विश्वासको मतको सामना गरेर आजै सरकारबाट बाहिरिदै

दुरगामी महत्वका उत्कृष्ट काम गर्न सफल भएको मुख्यमन्त्री जम्कट्टेलको दाबी

दुरगामी महत्वका उत्कृष्ट काम गर्न सफल भएको मुख्यमन्त्री जम्कट्टेलको दाबी
आफ्नो कार्यकालमा भएका उपलब्धीहरूबारे प्रकाशित पुस्तक सार्वजनिक तथा जानकारी दिँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिर : कृष्ण सारु मगर ।

राजनीतिक अस्थिरताका कारण सरकार फेरबदल भइहे पनि वर्तमान प्रदेश सरकारले हालसम्मकै उपलब्धिमूलक काम गर्न सफल भएको उनको दावी छ।

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले आफ्नो कार्यकालमा गरेका कामहरूको विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बिहान पत्रकार सम्मेलन गरी जम्कट्टेल नेतृत्वको सरकारले आफ्नो कार्यकालमा दुरगामी महत्वका उत्कृष्ट कामहरू गर्न सफल भएको दाबी गरेको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास निर्माण, सार्वजनिक खर्च कटौती र सुशासन कायम गराउन महत्वपूर्ण काम गरेको बताए । राजनीतिक अस्थिरताका कारण सरकार फेरबदल भइहे पनि वर्तमान प्रदेश सरकारले हालसम्मकै उपलब्धिमूलक कामहरू गर्न सफल भएको उनको भनाइ छ । 

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको उपलब्धी विवरण पुस्तिकामा पाँच आर्थिक वर्षमध्ये सबैभन्दा बढि आर्थिक वर्ष २०८०/८१ मा पूँजिगत खर्च र विकासका काम भएको उल्लेख छ । १६ महिने कार्यकालमा भौतिक पूर्वाधारतर्फ ५ सय ९६ किमी पक्की सडक, दुईसय ६७ किलोमिटर ग्राभेल सडक, ६१ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण गरिएको उल्लेख छ । खानेपानी तर्फ दुईसय पाँच वटा ठुला आयोजना र १५ सय २१ सिंचाइ योजना सम्पन्न भई ४१ सय ४८ हेक्टर क्षेत्रमा सिंचाई बिस्तर भएको प्रगति विरणमा उल्लेख छ ।

प्रादेशिक सडक गुरुयोजना निर्माण, प्रदेश उच्च शिक्षा परिषद गठन, प्रादेशिक अस्पतालहरुको स्तरोन्नती, नेपाल र तामाङ भाषलाई प्रदेशमा सरकारी कामकाजको भाषा मान्यतालाई सरकारले आफ्नो महत्वपूर्ण उपलब्धी भनेको छ ।

गरिबी निवारण र पछाडि पारिएका सीमान्तकृत वर्गको संरक्षण कार्यक्रम, गृहिणी महिला उद्यमशिलता कार्यक्रम, नमुना वडा समाजवादी कार्यक्रम,एक वडा एक कृषि उत्पादन,दलित समुदायको विकास कार्यक्रमलाई पनि उपलब्धी विवरणमा समावेश गरेको छ । ्

प्रदेशसभाको दोस्रो कार्यकालको १६ महिने अवधिमा २०७९ माघ ३ गते, २०७९ चैत्र १० गते र २०८० चैत्र १९ गते विश्वासको मत लिइ नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए । तर पछिल्लो राजनीतिक समिकरणका कारण आजै विश्वासको मत सामना गरेर प्रदेश सरकारबाट बाहिरिने उनको तयारी छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.