बागलुङमा नागरिकताभन्दा राहदानी लिने बढी

बागलुङमा नागरिकताभन्दा राहदानी लिने बढी
सांकेतिक तस्बिर
सुन्नुहोस्

बागलुङ : बागलुङमा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या बढेको छ। जिल्ला प्रशासन कार्यालय बागलुङमा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा नागरिकता बनाउने नागरिकभन्दा राहदानी बनाउने नागरिक ४ हजारभन्दा बढी रहेको पाइएको हो।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार गत आवको असार मसान्तसम्म ८ हजार ४ सय ११ जनाले नयाँ नागरिकता बनाएका छन्। यस्तै राहदानी बनाउनेको तथ्यांक १३ हजार ५९ जना रहेको छ। जिल्लामा नयाँ नागरिकता बनाउनेभन्दा ४ हजार ६ सय ४८ जना बढी नागरिकले राहदानी बनाएको तथ्यांक रहेको प्रजिअ सुवेदीले बताए।

जिल्ला र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट नागरिकता र राहदानीलगायतका सेवाहरू नियमित प्रवाह हुँदै आएको छ। जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिने १० र गैरआवासीय नेपाली नागरिकता लिने २१ जना छन्। नागरिकताको प्रतिलिपि लिनेको संख्या बढिरहेको छ। सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कुल ६ हजार ६ सय ९२ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ। नयाँ नागरिकताको हिसावमा प्रतिलिपि लिनेको संख्या बढी भएको प्रजिअ सुवेदीले बताए।

यस्तै, नाबालक परिचयपत्र बनाउनेको संख्या १ हजार २ सय ३७ जना छन्। राहदानी बनाउन आउने अधिकांश नागरिकले आफ्ना छोराछोरी पनि सँगै विदेश लैजान नाबालक परिचयपत्र बनाएर राहदानी गराउने गरेका छन्। राहदानी लिनेको संख्या बढेसँगै राजस्व संकलन पनि वृद्धि आएको छ।

गत आवमा राहदानीबाट मात्रै झन्डै ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राहदानीसहित अन्य विभिन्न शीर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ। राजस्वमा राहदानीको योगदान हेर्दा जिल्लाबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिने संख्या बढोत्तरी रूपमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.