लुम्बिनीमा आचार्यले गरे मुख्यमन्त्रीमा दाबी पेश

लुम्बिनीमा आचार्यले गरे मुख्यमन्त्रीमा दाबी पेश
सुन्नुहोस्

बुटवल : लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एमाले)बाट तर्फबाट चेतनारायण आचार्यले आफ्नो दाबी पेश गरेका छन्। 

सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर सत्तारुढ दल नेपाली कांग्रेसको साथमा आफूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नका लागि दाबी पेश गरेका हुन्। लुम्बिनीमा कुल ८७ जना प्रदेशसभा सदस्य छन्। बहुमतका लागि ४४ जना सांसद आवश्यक पर्छ। एमालेका २९ र कांग्रेस २७ जना गरी कुल ५६ जना सदस्य पुग्छ। 

मुख्यमन्त्रीमा दाबी गरेका अर्घाखाँची १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। संसदीय दलको नेता रुपन्देहीका लिला गिरी भएपनि पार्टी केन्द्रको निर्णय अनुसार उपनेता आचार्य पहिलोपटक मुख्यमन्त्री बन्दै छन्। बिहानसम्म गिरी र दिउँसो आचार्यको नाम आएपछि पार्टीभित्र यसलाई धेरैले पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग जोडेर आलोचना गरेका छन्। पौडेल र पोखरेलबीच पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्वाचनमा समेत चर्को गुटबन्दी भएको कार्यकर्ता स्तरमै झांगिएको थियो। 

पार्टी केन्द्रको निर्णय अनुसार आचार्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए। ‘दलको नेता भएका कारण लिला गिरीको चर्चा हुनु स्वाभाविकै हो’, कँडेलले भने, ‘तर केन्द्रले निर्णय गरेर पठाइसकेपछि आचार्यलाई नै मुख्यमन्त्रीका लागि दाबी पेश भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.