सामसङ नेपालले ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न नयाँ वेबसाइट बनाउँदै
![सामसङ नेपालले ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न नयाँ वेबसाइट बनाउँदै](https://annapurnapost.prixacdn.net/media/albums/Olympic-SM-1_S7XV8LLXuM_HDxmGkngEQ.jpg)
काठमाडौं : नेपाल ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको छ।
यस प्लेटफर्मले पेरिस इण्ढ ओलम्पिकको आफ्नो गौरभ जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङद्वारा यस वेबसाइटबाट प्रदान गरेको छ।
आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन तपाईंले मात्र यो वेबपेजमा गएर त्यहाँ आफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सक्नेछन्। यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइनेछ।
पेरिस २०२४ ओलम्पिकको लागि संसार भेला हुँदै गर्दा सामसङले यस ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न सबैलाई आमन्त्रित गर्दछ। खेलाडीहरूको उपलब्धिहरूलाई मान्यता दिन र खेलको एकीकृत गर्ने शक्ति मार्फत नवीनतम प्राविधिक आविष्कारहरू अन्वेषण गर्न सामसङसँग सामेल हुनुहोस्।
विश्व मञ्चमा उत्कृष्टताका लागि प्रयासरत नेपाली खेलाडीहरूलाई आफ्नो विशेष समर्थनको सन्देश पठाउन www.samsungplaza.com.np/olympics मा जानुहोस्। तपाईंका प्रोत्साहनका शब्दहरूले विश्वको सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामा हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्न लागेका हाम्रा खेलाडीहरूको मनोबल बढाउन र उत्प्रेरित गर्न निश्चित रूपमा आफ्नो भूमिका खेल्नेछ।
सामसङ, इलेक्ट्रोनिक्समा विश्वव्यापी अग्रणी कम्पनीले ओलम्पिक विन्टर गेम्स् नागानो १९९८ देखि रहेको ओलम्पिकसँगको वायरलेस सञ्चार उपकरण वर्गमा आधिकारिक विश्वव्यापी साझेदारको परम्परालाई गर्वका साथ जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)