बङ्लादेशमा प्रधानमन्त्री कार्यालयलगायतका सरकारी वेबसाइटहरू ह्याक

'अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभइ एक युद्ध हो'  भनी रातो अक्षरमा लेखिएको।

बङ्लादेशमा प्रधानमन्त्री कार्यालयलगायतका सरकारी वेबसाइटहरू ह्याक
सुन्नुहोस्

ढाका : बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू  द रेजिष्टेन्स' नामक समूहद्वारा ह्याक गरिएको छ । 

तिनवटै वेबसाइटहरूमा , 'अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो'  भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।  

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ ।   

समूहले तत्काल ह्याकर, 'ओएसआइएनटी' अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।  'न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस् ', ह्याकरहरुले चेतावनी दिएका छन् । 

 उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ  । बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि  प्रदान गरिएको ३० प्रतिशत आरक्षण  कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.