भैरव नाचको प्रशिक्षण

भैरव नाचको प्रशिक्षण
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमिमा २१ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आउन लागेको भैरव नाचको प्रशिक्षण सुरु भएको छ। थिमिको ताहानानी टोलबाट आयोजना हुने नाचको प्रशिक्षण सुरु गरिएको हो। 

थिमि भैल २०८१ :ताहानानी व्यवस्थापन समितिले गएको आइतबार गुरु पूर्णिमाको अवसर पारी नाचमा नाच्ने कलाकारहरू सार्वजनिक गरी नाच प्रशिक्षण सुरु गरेको हो।

नाचमा २ भैरव, १ कुमारी, १ महालक्ष्मी र १ हरी सिद्धि गरी ५ जना पात्र छन्। जसमा २ भैरव(न्हापा भैल र लिपा भैल)मा क्रमशः अशोक प्रजापति, बाल मुकुन्द प्रजापति र, १ कुमारी, १ महालक्ष्मी (न्हापा दागें र लिपा दागें)मा क्रमशः आयुष प्रजापति र साहिल प्रजापति तथा ज्यापुंगचा(हरी सिद्धि) मा तृशल प्रजापति रहेका छन्। 

नाचमा ५ विभिन्न पात्रमा कलाकार छनौट गरिएका उनीहरूलाई पूर्व भैरव बनेका कलाकारहरू तथा अन्य गुरुहरूले नाच सिकाइरहेका छन्।

व्यवस्थापन समितिका सचिव अजय प्रजापतिले छनोट भएका कलाकारहरूलाई अनुशासन, उमेर, दक्ष र लगनशीलता जस्ता आन्तरिक कुराहरूको मूल्यांकन गरी, परिवारका सदस्यहरूसँग छलफल गरी र समिति भित्रका पदाधिकारीहरू बीच छलफल गरी छनोट गरिएको बताएका छन्। ‘नाम त धेरै आएको हो। तर हामीले उनीहरूको दक्षता, लगनशीलता, वर्ष, अनुशासनका आधारमा छनोट गरेका हौं’, उनले भने, ‘आन्तरिक मूल्यांकनका आधारमा छनोट गरेको हो।’

उनका अनुसार परम्परा अनुरूप पहिले घण्टाकर्ण चतुरदसी (गाठ्माचरे)को भोलिपल्टदेखि गाईजात्राको अघिल्लो दिनसम्म नाच प्रशिक्षण गरिन्थ्यो भने समितिले गुरु पूर्णिमादेखि दैनिक ८-१० बजेसम्म प्रशिक्षण छ गराइरहेको छ। 

नाच प्रशिक्षण मध्यपुर थिमि-५, ताहानानी टोलमा भइरहेको छ। यसअघि नाचका लागि समितिले सिक्न इच्छुक व्यक्तिहरूलाई सो स्थानमा धा बाजाको पनि प्रशिक्षण दिएको थियो। उक्त नाच गाईजात्राको भोलिपल् देखि निरन्तर ४ दिन टोल टोलमा नचाइने छ भने गाईजात्राको ४ दिन अगाडि कलाकारहरूले मुकुण्डो बिना जामा लगाई ताहानानी टोलमा नै नाच्ने छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.