नेपाल भारतसँग ८२ रनले पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो

नेपाल भारतसँग ८२ रनले पराजित, एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं : नेपाल भारतसँग ८२ रनले पराजित भएको छ। एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। पराजित भएसँगै नेपाल एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। भारतका लागि सफाली बर्माले ८१ रन बनइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन्।

नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालल युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.