जुन परिवारै पर्‍यो जहाज दुर्घटनामा

जुन परिवारै पर्‍यो जहाज दुर्घटनामा
मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्मा। तस्बिर : मनोहर पोखरेल
सुन्नुहोस्

मर्मत गरिएको पुरानो भनिएको विमान प्राविधिक परीक्षण उडानका लागि पोखरा उडेको थियो।

राजविराज : सात जुनीसम्म सँगै बाँच्ने र मर्ने कसम खाएर सात वर्षअघि मात्र बिहेको जग्गेमा सात फन्को घुमेका लोकेश भनिने मनुराज शर्मा र प्रिजा खतिवडाले अन्तिम सास पनि सँगै फेरेका छन्। बुधबार बिहान ११:११ बजे पोखराका लागि उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ४ वर्षीय छोरा अधिराजसँगै उनीहरू दुवैले ज्यान गुमाए। दुर्घटनामा शर्मा दम्पतीसहित १८ जनाको मृत्यु भयो। 

मर्मत गरिएको पुरानो भनिएको विमान प्राविधिक परीक्षण उडानका लागि पोखरा उडेको थियो। परीक्षण उडान भएकाले पोखरासम्म यात्रुहरू नचढाउने र उडान सफल भएमा पोखराबाट विराटनगर भने यात्रुहरू लिएर उड्ने योजना रहेको मृतकका परिवारका सदस्यले जानकारी दिए।

एयरलाइन्सले आवश्यक प्राविधिक कर्मचारीलाई पोखरासम्म ‘फ्री फ्लाइट’मा लग्दै थियो। विमान पोखरा जाने भएपछि एयरलाइन्सका प्राविधिक रहेका मनुराजले श्रीमती र छोरालाई पनि सँगै लैजाने योजना बनाए। सपरिवार पोखरा घुमेर फर्किने मनुराजले चाहना व्यक्त गरेपछि काठमाडौं बालकोटमा सँगै बस्ने ससुरा प्रकाश खतिवडाले छोरी प्रिजा र नाति अधिराजलाई विमानस्थल पुर्‍याएर फर्किए। प्रिजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत छिन् भने अधिराज ४ वर्षका भएका थिए। 

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएर आगो लाग्यो। नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुग्यो। जसमा शर्मा दम्पतीसहित नाबालक छोराको ज्यान गुम्यो। सप्तरीको कञ्चनरूप नगरपालिका घर भएकी प्रिजा र भारतको दिल्ली र रामनगरमा समेत घर भएका काठमाडौं निवासी मनुराजले जीवनभर साथ दिने कसम खाएर २०७४ फागुन २९ गते मंगलबार सुरु गरेका थिए वैवाहिक जीवन। सोचेजस्तै जीवनसाथी पाएर उनीहरू खुसी थिए, बाहिर जाँदा सँगै हुन्थे। उनीहरूको जीवनमा अधिराजको आगमनले खुसी झनै थपिएको थियो। 

अधिकांश नवजोडीको इच्छा हुन्छ ‘सँगै जिउने अनि सँगै मर्ने’। सँगै बाँच्ने र सँगै मर्ने बाचा कसम खाँदै दाम्पत्य जीवनमा बाँधिने गर्छन् हरेक नवजोडीहरू। त्यसो त जन्म र मृत्युको कुनै ठेगान हुन्न। कमै मात्रामा यस्तो इच्छा पूरा हुन्छ। मृत्यु हुने शर्मा दम्पती त सँगै गए, छोरालाई पनि साथै लिएर गए। तर, यो दुखद संयोगले परिवारका सदस्यमा भने ब्रजपात र अन्यलाई भावविह्वल बनायो।

जीवनका हरेक गोरेटोमा, सुखमा, दुःखमा मनुराज–प्रिजाको हात र साथ कहिल्यै छुटेन। प्रिजाकी फुपू शकुन्तला भन्छिन्, ‘जीवनको अन्तिम प्रहरमा पनि दुवै साथै रहे। दुवैले हात समाएरै आफ्नो अन्तिम सास फेरे।’ 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.