जसले घरमै कर्मचारी राखेर कल बाइपास गर्थे

जसले घरमै कर्मचारी राखेर कल बाइपास गर्थे
सुन्नुहोस्

काठमाडौं : सिन्धुपाल्चोक स्थायी घर भइ हालः काठमाडौ बनस्थली बस्ने भुपेन्द्र श्रेष्ठ कल बाइपास गरेको कसुरमा प्रहरी हिरासतमा छन्। उनीसँगै झापा गौरिगञ्ज ४ घर भएका खुम प्रसाद गिरी पनि पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइवीको टोलीले उनीहरूलाई भुपेन्द्रको घर बनस्थलीबाट कल बाइपास गर्दे गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। सिआइबीका प्रबक्ता होविन्द्र बोगटीका अनुसार भुपेन्द्रले लामो समयदेखि घरमै प्राविधिक कर्मचारी राखेर गैरकानुनी काम गर्दै आएका थिए। 

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा श्रेष्ठले आफ्नो घरको तेस्रो तल्लामा कल बाइपास गर्ने ८ पोर्ट क्षमताको कल बाइपास गर्ने डिभाइस राखेर यस्तो अवैध धन्दा सञ्चालन गरेका थिए। गिरी उनको काममा सहयोग गर्ने व्यक्ति हुन्। आकर्षक तलबको प्रलोभनमा उनले गिरीलाई उक्त काममा लगाएका थिए। यस्तो धन्दामा विशेष गरी भारतीय, पाकिस्तानी, बंगलादेशी लगायत अन्य देशको नागरिकहरू संलग्न हुँदै आएका छन्। श्रेष्ठले सञ्चालन गरेको यो कार्यमा पनि विदेशीको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ। 

यो समूहले इन्टरनेट प्रयोग गरेर विशेष क्षमताका डिभाइसमा एनटीसी र एनसेलको सिमकार्ड हालेर कल बाइपास गर्ने गर्थे। नेपालबाट विदेश फोन गर्दा लाग्ने रकम नतिर्नका लागि उनीहरूले इन्टरनेटको माध्यमबाट सिमकार्डको दुरसञ्चारसंगको कनेक्सन नै टुटाउने गर्थे। यसरी कल गर्दा दूरसञ्चारलाई लाखौँ रुपैयाँ क्षति हुन्छ। सम्बन्धित  कुनै पनि सरकारी निकायको सहमति नलिइकन उनीहरूले गैरकानुनी कार्य गर्दै आएका थिए। उनीहरू विरुद्ध नेपाल दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.