फेवाताल किनारमा सडक महोत्सव

फेवाताल किनारमा सडक महोत्सव
सुन्नुहोस्

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने गरी पोखराको फेवाताल किनारमा पुस १३ देखि १७ गतेसम्म २६औं पोखरा सडक महोत्सव हुने भएको छ। पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले २६ वर्ष अघिदेखि फेवाताल किनारमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा महोत्सव हुँदै आएको हो। फेवाताल किनारमा तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव हुने गरेको छ। महोत्सवको उद्घाटन कार्यक्रममा शनिबार विभिन्न जातजाति, ६० बढी आमासमूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थालगायतको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए।

सडक महोत्सवमा पाँच लाख आन्तरिक तथा विदेशी पर्यटकको सहभागिता रहने आयोजक रेवानले जनाएको छ। महोत्सव सुरु भएसँगै नयाँ वर्ष पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यको रूपमा विकास हुँदै गएको आयोजक रेवानका अध्यक्ष तथा आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले सुनाए। 

महोत्सवमा विभिन्न खानाको परिकारसँगै नेपाली संस्कृति प्रदर्शन हुने महोत्सवका प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले बताए। नेपाली उत्पादन, कला, संस्कृतिको पनि प्रदर्शन हुनेछ। महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरूको तयारी पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए। सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायत प्रतियोगिता हुनेछन्। त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए। 

महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने आयोजक रेवान पोखराले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.