जेनजी आन्दोलनका बेला भागेका १७२ कैदीबन्दी अझै भेटिएनन्, भारतीयलाई पक्रिन चुनौती

जेनजी आन्दोलनका बेला भागेका १७२ कैदीबन्दी अझै भेटिएनन्, भारतीयलाई पक्रिन चुनौती
सुन्नुहोस्

परासी : नवलपरासी कारागारबाट भागेकामध्ये अझै १७२ जना कैदीबन्दी प्रहरीको फरार सूचीमै छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनअन्तर्गत भदौ २५ गते कारागारमा आगजनी र सुरक्षार्थ खटिएका सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर उनीहरु भागेका थिए । ५४६ जना भागेकामध्ये प्रहरीले पक्राउ गरेर तथा आफै सम्पर्क गरेर आउनेको संख्या ३७४ जना रहेको कारागार कार्यालय परासीका प्रमुख सुवोध महतोले जानकारी दिए ।  

भारतीय कैदीबन्दीलाई पक्राउ गर्न समस्या
 कारागारबाट भागेका ४१ जना भारतीय नागरिकका कैदीबन्दीमध्ये हालसम्म तीन जनालाई मात्र  रुपन्देही र नवलपरासीका सीमा नाकाबाट प्रहरीले पक्राउ गरी बुझाएको छ । बाँकी फरार सूचीमै छन् । नेपाली कैदीबन्दीहरु कुनै न कुनै समय नेपालबाटै पक्राउ पर्न सक्ने सम्भावना रहे पनि भारतीय नागरिकलाई पक्राउ गर्न चुनौतीपूर्ण देखिएको छ । ‘भारत वा अन्य स्थानमा लुकेर बसेका नेपालीहरु आफ्नै देश फर्किने सम्भावना हुन्छ, तर भारतीयहरु भने नेपालमा नआए पनि हुने भएकाले पक्राउ पर्ने सम्भावना कम छ’, एक प्रहरी अधिकृतले भने । 

भागेका कैदीबन्दीहरु अहिले सीमावर्ती भारतीय बजार र गाउँमा खुलेआम घुम्ने गरेको त्यहाँका स्थानीयहरुले बताएका छन् । यसैबीच नेपालमा अपराध गरी कारागारमा रहेका भारतीय नागरिकलाई पक्राउ गरेर पठाउनका लागि जिल्लासँग सीमाना जोडिएको भारतको उत्तर प्रदेश (युपी) स्थित महाराजगञ्ज जिल्ला र बिहारस्थित पश्चिम चम्पारनकाका एसपीसहित त्यहाँका सीमा सुरक्षाकर्मीलाई लिस्ट पठाएर समन्वय गर्दै आएको तत्कालीन प्रहरी प्रमुखले बताउँदै आएका थिए । 

तर अहिले सरुवा भइ आएका प्रहरी प्रमुख (एसपी) रामबहादुर जिसीले भने आफू आएपछि त्यस विषयमा कुनै अपडेट नभएको बताए । ‘पहिलाका एसपी साहेबहरुले समन्वय गर्नुभएको होला । म भर्खर आएकाले त्यसबारे अपडेट छैन । बुझेर खबर गरौंला । ’ एसपी केसीले भने । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.