नदीजन्य सामग्री उत्खननमा रोक
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिकाभित्र नदीजन्य सामग्रीको उत्खनन, संकलन तथा निकासी रोक लगाइएको छ । यसवाट जोखिमको न्युनीकरण हुने जनाइएको छ ।
शिवपुरी गापाभित्रबाट यही जेठ ३१ गते आइतवारदेखि नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा लगायत) को उत्खनन, संकलन तथा निकासी कार्य अनिश्चितकालका लागि बन्द हुने भएको छ । वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा कानूनी प्रक्रियालाई प्रभावकारी बनाउन यो निर्णय गरिएको बुझिएको छ ।
सम्बन्धित निकायको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म सम्पूर्ण उत्खनन तथा निकासी गतिविधि वन्द रहने जनाइएको छ । शिवपुरीमा लिखु नदीका साथै अन्य स्थानहरुमा समेत नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा लगायत) को उत्खनन, संकलन तथा निकासी कार्य वन्द रहने शिवपुरी गापा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !