पशुपतिनाथ मन्दिरमा हत्या गरेर फरार रहेका व्यक्ति महोत्तरीमा पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एकजना महोत्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का दर्बेनाथ भन्ने सुविन रानामगर रहेका छन्।
२०८२ फागुन ६ गते पशुपतिमा संखुवासभाका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको आरोपमा रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका-६ बाट पक्राउ गरिएको हो। पक्राउ परेका रानामगरलाई काठमाडौं ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !