मौद्रिक नीतिलाई अन्तिमरुप दिन राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी
काठमाडौं :आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई अन्तिम रुप दिन राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ। बैठक बिहान ९ बजदेखि जारी छ। बैठक सकिएलगत्तै दिउँसो सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गरिने तयारी छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन् ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील बनाउन मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्नेलगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति आउन लागेको बताइएको छ।