सञ्चालक समितिबाट मौद्रिक नीति पारित,सवा १२ बजे सार्वजनिक हुँदै
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। शुक्रबार दिउँसो १२ बजेर १५ मिनेटमा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ।
बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो। बालुवाटारसस्थित राष्ट्र बैंकको भवनबाट मौद्रिक नीति सार्वजनिक गरिनेछ।