साउदीमा मनाइयो २११औ भानुजयन्ती

साउदीमा मनाइयो २११औ भानुजयन्ती
सुन्नुहोस्

साउदी : साउदीमा २११औ भानुजयन्ती कार्यक्रम सम्पन्न भएको छ। साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबियाले २६ जुलाई २०२४ का दिन रियाद शहरमा २११औ भानु जयन्ती मनाएको छ भने जयन्तीको अवसर पारी भानु स्मरण रोदन गजल साँझ २०२४ समेत गरेको छ। 

कार्यक्रममा पानसमा बत्ती बालेर सुरु गरेसँगै राष्ट्रिय गान सहित साहित्यिक गीतबाट सुचारु गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत डा. डमरुबल्लभ पौडेल तथा विशेष अतिथि नेपाली आधुनिक गजल आकाशका चर्चित गजलकार प्रदीप रोदनको रहेको थियो।

कार्यबहाक राजदूत डा. डमरुबल्लभ पौडेलले भानुजयन्ती महत्व बारे धारणा राख्दै भानु जयन्तीको शुभकामना दिनुको साथै गजलको महत्व बारे प्रष्ट पारेका थिए साथै साउदीमा साहित्यिक कार्यक्रम राखेकोमा खुसी व्यक्त गदै यस्ता कार्यक्रममा दूतावास सदैव उपस्थित हुने र सहयोग गर्ने भन्दै आफ्ना गजल प्रस्तुत गरेका थिए। 

गजलकार प्रदीप रोदनले २११औ भानुजयन्तीको शुभकामना दिँदै आयोजक तथा गजल सुन्न उपस्थित सबैलाई धन्यवाद दिदै यही त होनी जीवन, बिन्ती छ मलाई खानी पेटमा औषधी दिनुस, अरुको भलो चिताउने जमान छैन , मलाई रुवाएर पुगेन‌, मेरो पिठ्युमा घाउ छ भन्ने थाहा पाएको छ , कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ तथा केही नखाईकन कसले काम गर्छ र यहाँ महोदय, तिम्रो मायाले त मेरो मुटु खाएको छ, अरु कुनै पाएन बहाना छिमेकीले झगडा गर्ने, मैले कुखुरा छोडेको देखेर मकै सुकाएको छ,मुटुको टुक्का बन्छु आखाको नानी बन्छु जोगाउ या खर्च गर म तिम्रै आम्दानी बन्छु तथा वरफको जीन्दगानी बिताएँ बसौं सम्म तिमीले नछोए सम्म म कहाँ पानी बन्छु जस्ता गजलहरू सुनाएका थिए। साथै वरिपरी तथा जीवनमा घटेका घटनाको बारेमा गजलबाट नै सकरात्मक सन्देश दिएको बताए।

कार्यक्रमको सभापतित्व गरेका भीम विश्वकर्माले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने बताए भने गजल द्वारा सकरात्मक सोचको परिवर्तन ल्याउन मद्दत गर्नु पर्नेमा जोड दिनुको साथै आफ्ना गजल वाचन समेत गरेका थिए। साथै अन्य उपस्थित प्रतिनिधिहरूले भानु जयन्तीको शुभकामना दिँदै आफ्ना गजल वाचन गरेका थिए। 

कार्यक्रममा नेपालबाट आएका गजलकार प्रदीप रोदनलाई नेपाली झण्डाले स्वागत तथा सम्मान गरिनुको साथै कार्यक्रममा सहयोग गर्ने सहयोगीलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो। साङ्गीतिक कार्यक्रम भन्दा यस पटकको कार्यक्रम भिन्न देखिनुको साथै उपस्थित सबैले गजल सुनेर खुब आनन्द लिएका थिए। साथै नेपाली साहित्यको विकास र विस्तार गर्ने एक सशक्त संस्था साहित्यिक चौतारी नेपाल शाखा साउदी अरेबियालाई हेरिएको महसुस गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.