कुलोको फोहोर पानी पिउनुपर्ने बाध्यता

कुलोको फोहोर पानी पिउनुपर्ने बाध्यता
सुन्नुहोस्

रुकुमपूर्व : रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–२ का स्थानीयले पुस्तौंदेखि नहर-कुलोको पानी पिउँदै आएका छन्। त्यहाँका स्थानीयले वर्षात्को समयमा पनि खानेपानी राम्रोसँग उपभोग गर्न पाएका छैनन्। पिउँदै आएको नहरको पानी फोहोर हँुदा झाडापखाला आउ“जस्ता विभिन्न पानीजन्य रोगहरू लाग्न सक्ने सम्भावना बढेको छ।

१० वटा वडाहरू रहेको बाँफीकोट गाउँपालिकाको सबैभन्दा ठूलो २ नम्बर वडामा वसन टाकुरा, वसनी गैरा, माथिल्लो बसेन िटाकुरा, प्यालीचउरा, थारकाट्टे, जोगी मेला, काक्री बाङ, भलाचौर, रुनेपानी, पूर्णगाउँ, छिपछिबीलगायतका टोलहरूमा कतै पानी बोकेर पिउनुपर्छ भने कतिपयमा नाला र मुहानबाट व्यक्तिगत पाइप लाइन लगेर पानी पिउँदै आइरहेको स्थानीय विपना पौडेलले बताइन्।

‘एक सयभन्दा बढी घरधुरीले एक घर एक धारा निर्माण गरी शुद्ध पानी पिउने भनेर ९ वटा पानी ट्यांकी बनाइएको तर दुई वर्ष पुग्दा पनि धाराको पानी पिउन नसकी नहर-कुलाको फोहोर पानी पिउनु परेको छ’, उनले भनिन्, ‘गोगनपानी मुहानबाट ल्याइएको उक्त नहर-कुलोको पानीमा किराहरू मरेको हुन्छ। कसैले त्यही कुलोमा भाँडा माभ्mने, बालबच्चाहरूले नहर कुलोमा ढुंगा अडाएर पौडी खेल्ने र त्यहीँ दिसापिसाबसमेत गर्ने गर्छन्। अनि त्यही पानी पिउँदा बेलाबेलामा हामी बिरामी हुने गरेका छौं।’ 

उक्त एक घर एक धारा खानेपानी आयोजना क्रमागत भए पनि योभन्दा अगाडि आएको बजेट सकिएकाले योजना सम्पन्न हुन नसकेको बाँफीकोट गाउँपालिका २ का वडा सदस्य देउमी पौडेलले बताए।

योजना क्रमागत भएकाले बजेट आएपछि काम सुचारु हुने र त्योभन्दा अघि एक घर एक धारा निर्माणकार्यलाई पूर्णता दिन वडाको बजेटले नधान्ने उनको भनाइ छ।

वडाध्यक्ष प्रकाश खत्रीले भने स्थानीयले पानी पिउनै नपाएको भन्ने साँचो नभएको तर हिउँदमा आगलागी हुँदा खानेपानीको पाइप लाइनमा आगोले क्षति पुगेकाले एक घर एक धारा निर्माण कार्य पूरा हुन नसक्दा स्थानीयले पुग्ने गरी पानी पिउन नसकेको साँचो भएको स्विकार गरे। उनले भने, ‘यो पानी हामीले सधैं पिउँदै आइरहेका छौं, पानी शुद्ध नै छ। नपत्याए सम्बन्धित निकाय सबै आउनुस् सँगै जाउँला बरु म सहजीकरण गर्छु।’

तर स्थानीयले भने पानी ट्यांकी प्रयोगविहीन र किराहरू कुहिएको पानी नहर-कुलोबाट पिउनु परेकाले यो पानी कुनै पनि तवरले शुद्ध नभएको चर्को आवाज उठाएका छन्। पछिल्लो समय स्वास्थ्य संस्थाहरूले खानेपानीका मुहान तथा धाराहरूमा पानी परीक्षण गर्दा पानीमा विभिन्न हानिकारक जीवाणुहरू तथा दिशामा पाइने इकोलीसमेत फेला परेको छ।

स्वास्थ्य कार्यालय रुकुमपश्चिमका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले नहर तथा कुलोको खुल्ला र दूषित पानीलाई शुद्ध भन्न नसकिने बताए। उनले यस्तो पानी पिउनाले विभिन्न मनसुनजन्य रोगहरू लाग्ने सम्भावना उच्च हुने बताए। उनले त्यस्तो पानीलाई उमालेर वा विभिन्न पानी शुद्धीकरण गर्ने तरिका अपनाउन अनुरोध गर्दै यो समस्यामा सरकारवालाले चासो दिनुपर्ने औंल्याए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.