संसदीय दलको क्यान्टिनमा कोदोको खोले र रोटी नियमित खान्छौं : कृषिमन्त्री

संसदीय दलको क्यान्टिनमा कोदोको खोले र रोटी नियमित खान्छौं : कृषिमन्त्री
सुन्नुहोस्

काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कोदोको महत्व ठूलो भएको बताएका छन्। कोदोका परिकार आडिलो र स्वस्थकर भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ। मन्त्री अधिकारीले हिजो कहरको कोदो आज रहरको खाना बनिसकेको बताए। सांसद भएर आएपछि संसदीय दलको क्यान्टिनमा कोदाको खोले र रोटी नियमित खाने गरेको समेत बताए। 

राष्ट्रिय किसान समूह महासंघ, नेपाल र एग्रिकल्चर जर्नालिष्ट एशोशिएशन (अनाज) नेपालको संयुक्त आयोजनामा मंगलबार ललितपुरको खोकनामा आयोजित ‘चौथो कोदो दिवस २०८१’ मा बोल्दै कृषि मन्त्री अधिकारीले बालापनमा कोदोसँगै हुर्केको अनुभव सुनाए। 

कृषिमन्त्री अधिकारीले भने, ‘आफू ८–९ वर्षको छँदा दुवै छाक भात खान पाए कहाँ पुगिन्थ्यो भन्ने सोच राखिन्थ्यो। हामी त्यस्तो परिवारमा हुर्केका हौं। धादिङ, नीलकण्ठ नगरपालीको नेवारपानीमा उहिलेदेखि अहिले पनि कोदो टन्नै फल्छ। आफू पुर्खेउली घरमा नबसे पनि मेरो जमिनमा कोदो नै उत्पादन भएको छ।’ 

आज पनि १ मुरी, ३० पाथी वा जति उत्पादन भए पनि आफ्नो भागमा आउने र उपभोग गरिरहेको बताए। सांसद भएर आएपछि संसदीय दलको क्यान्टिनमा कोदाको खोले र रोटी नियमित खाने गरेको समेत बताए। उनी भन्छन्,‘यो सिंहदरबारमा पाइन्छ। विगत केही समयदेखि मन्त्रालयले पनि दिउँसो कोदाकै रोटी खाजाका रूपमा खान व्यवस्थापन गर्न भनिएको छ। यस्तै, परिस्थिति पनि बनेको छ।’

कोदो बालीको महत्वलाई उजागर गर्नेहरू र यसको उपभोग गर्ने व्यक्तित्वहरूलाई प्रेरीत गर्न मान काम नगर्न अनुरोध गरे। बरु कोदो जस्तोसुकै ठाउँमा फल्ने भएकाले पखेराहरू, सिँचाइको अभाव भएका ठाउँमा यो बालीको उत्पादन गर्न समेत सुझाव दिए।

साउन १५ खोकनामा चौंथो कोदो दिवस मनाइरहे पनि  सरकारले भने अझै वार्षिक क्यालेण्डरमा राखेको छैन। तर यसलाई सरोकारवालाहरूको पहलले प्रक्रियामा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले जानकारी दिए। कोदो दिवस क्यालेण्डरमा राख्न राष्ट्रिय किसान महासंघले धेरै पटक प्रयत्न गरेको थाहा पाएपछि मन्त्री अधिकारीले अब मन्त्रालयले कोदो दिवस स्थापनार्थ वार्षिक क्यालेण्डरमा राख्न राजपत्रांकमा आउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्। यस वर्ष भने ‘कोदोजन्य बालिको उत्पादन: पोषण र आयात प्रतिस्थापन’ भन्ने नाराका साथ कोदो दिवस मनाइएको छ। 

अन्नपूर्णकर्मी थापा उत्कृष्ट कोदो समाचार लेखनमा छनौट

कोदो समाचार लेखन पुरस्कार–२०८१ बाट ६ पत्रकारलाई पुरस्कारको घोषणा गरिएको छ। राष्ट्रिय किसान समूह महासंघ, नेपाल र एग्रिकल्चर जर्नालिष्ट एशोशिएशन (अनाज) नेपालको संयुक्त आयोजनामा मंगलबार ललितपुरको खोकनामा आयोजित ‘चौथो कोदो दिवस २०८१’का अवसरमा पुरस्कृतको घोषणा गरेको हो। 

कोदोका विषयमा ३ वर्गमा पुरस्कारको घोषणा गरिएको छ। उत्कृष्ट समाचारबाट अन्नपूर्ण पोस्ट्का वरिष्ठ संवाददाता ममता थापा, हिमालयन टाइम्सका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल, उज्यालो ९० नेटवर्कका मदन पौडेल छनौट भएका छन्। 

यसैगरी अभियान दैनिकका प्रशान्त खड्का, रातो पार्टीकी सरिता थारू लगायत पुरस्कृत हुने भएका छन्। अनाजले कोदो बहसको श्रृङ्खलाका रुपमा कार्यक्रम गरेर पुरस्कार हस्तान्तरण गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.