हिमाली कलासंस्कृति जोगाउन ‘यार्तुङ’

हिमाली कलासंस्कृति जोगाउन ‘यार्तुङ’
फाइल तस्बिर।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं हिमाली सभ्यता, रीतिरिवाज र परम्पराले भरिपूर्ण जिल्ला हो– मुस्ताङ। मुस्ताङको तल्लो क्षेत्रका थकाली समुदायले तोरन्ल, तेरमी, त्यूङल्हा पर्वका साथै खिल्हा र आङ्ख्ला पर्व मनाउँछन्। उपल्लो मुस्ताङमा तिजी र यार्तुङ पर्व मनाइने गरिन्छ।  बाह्र गाउँ क्षेत्रमा यार्तुङ र धज्याङ पर्व मनाउने प्रचलन छ। 

बाह्र गाउँ क्षेत्रको यार्तुङ धार्मिक पर्व हो। हाम्रो गाउँपालिकाले यार्तुङ पर्वको मौलिकता संरक्षण, सम्बद्र्धन र पुस्तान्तरण गर्ने र पर्वकै माध्यमबाट पर्यटन प्रबर्द्धनसँग जोड्ने प्रयास गरिरहेको छ।

मुस्ताङको कागबेनीमा छैटौं संस्करणको यार्र्तुङ महोत्सव सञ्चालन गर्दै छौं। साउन १८ देखि २० गतेसम्म महोत्सव हुनेछ। यार्तुङमा हामीले स्थानीय स्याब्रो नाच, सांस्कृतिक झाँकी र स्थानीय मौलिक भेषभूषा पहिरिएर फेसन शो तथा लाइभ कन्सर्ट गर्दै छौं।

कागबेनी यार्तुङमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हामीले परम्परागत घोडा दौड, तारा खेल र डोरी तान्ने खेल राखेका छौं। मनोरञ्जनका लागि राष्ट्रिय कलाकारहरूलाई आमन्त्रण गरेका छौं।

विगतमा हामीले जुन ढंगले सांस्कृतिक पर्व यार्तुङलाई मनाउँदै आएका थियौं, पछिल्लो समय यसलाई पर्यटनसँग जोड्ने प्रयास गरेका छौं। त्यसो त मुस्ताङ भन्नेबित्तिकै स्वदेशी तथा विदेशी पर्यटकका लागि एउटा ब्रान्ड नै हो। यद्यपि यसको साख र गरिमालाई कालान्तरसम्म जोगाउनु अपरिहार्य छ। कला, संस्कृति र मौलिकता जोगाउने दायित्व स्थानीय तहको हो। 

त्यसकारण स्थानीय स्तरमा निरन्तर साथ सहयोग गर्दै आएका छौं। यार्तुङ हिमाली क्षेत्रको मौलिक आयाम भएकाले यसको अवलोकन गरिदिन र यसको महत्वलाई अझ वृद्धि गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक छ।

(गुरुङ वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका वडाध्यक्ष हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.